३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

एडिलेडमा अर्को क्रिकेट क्लव खुल्यो एभरेष्ट वारियर


२९ असोज, एडिलेड । एडिलेडमा एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) संग आवद्ध हुने छैठौ क्लवको रुपमा एभरेष्ट वारियर क्रिकेट क्लव शुक्रवारबाट औपचारिक रुपमा उद्घाटन भएको छ ।

एन्का अध्यक्ष विजय जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै जोशीले एडिलेडमा २००८ देखी नेपाली समुदायका सदस्यहरुले औपचारिक – औपनिवेशिक क्रिकेट खेल्न शुरु गरे पनि २०१३ मा एन्का एउटा कल्वको रुपमा स्थापना भएर अहिले एन्का आफैमा एसोशियशन भएर त्यस संग आवद्ध क्लवको संख्या छ पुग्नु खुशीको कुरा भएको बताए ।

उनले एभरेष्ट वारियरलाई एन्काले प्रशिक्षक तथा अफिसियलको तालिम तथा अन्य प्रविधिक सहयोग उपलब्ध गराउने बताए । प्रवासमा नेपालीहरुको क्रिकेट खेल प्रतिको आकर्षणलाई ध्यान दिदै एन्काले विभिन्न प्रतिस्प्रधा मुलक प्रतियोगिताहरु गर्दै आएको जस अन्तरगत आगामी आइतवार अक्टोवर १६ बाट एन्काको सिजनको उद्घाटन हुने बताए ।

कार्यक्रममा एन्काका कोषाध्यक्ष दिपेश राज पाण्डेले नव गठित क्लवलाई बधाई दिदै यस सिजनको खेलहरुको सफलताको शुभकामना दिएका थिए । क्लवका अध्यक्ष लक्ष्मी सापकोटाले आगामी सिजनको प्रतियोगितामा क्लवले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै एन्का नेतृत्वबाट उचित मार्ग निर्देशन सहयोग तथा सल्लाहको अपेक्षा गरेको बताउदै क्लवका स्पोन्सरहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

क्लवमा अध्यक्ष लक्ष्मी सापकोटा, सचिव मेघ कुवर, कोषाध्यक्ष बाल सापकोटा तथा सदस्यहरु निर्पेश ढकाल, कैलाश धिताल, अनिल सापकोटा, मन्दिप सापकोटा, दर्शन आचार्य , प्रिन्स कडेल रहेका छन् |

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार २२:२८

https://srdb.com.np/