२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सङ्क्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुर्याउन कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन

२९ असाेज, रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् ।

शनिबार गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका मुख्य दुई साझेदार कांग्रेस माओवादीको सहकार्य बिना शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने बताए ।

गठबन्धन हुन्छ की हुँदैन भन्ने अन्योलका बीच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको उनको भनाइ थियो । उनका अनुसार देशभर करिब दुई सय ठाउँमा बागी उम्मेदवारी रहेकामा अहिले सो सङ्ख्या १० मा झरेको छ ।

रोल्पा प्रदेशसभा–२ मा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीका उनले भने, “गठबन्धनको मर्म बुझेर उहाँ पछि हट्ने विषयमा सकारात्मक हुनुहुन्छ ।” पत्रकार सम्मेलनमा बामलोकतान्त्रिक गठबन्धनको बैकठले गरेका निर्णय पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : October 15, 2022 at 6:02 pm