१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

माओवादीको स्वार्थले दुप्चेश्वर गाउँपालिका कर्मचारीबिहीन, स्वास्थ्य सेवा समेत ठप्प

२८ असोज, नुवाकोट । नेकपा मओवादी केन्द्रको राजनीतिक स्वार्थका कारण नुवाकोटको दुप्चेश्वर गाउँपालिका कर्मचारीबहिन बन्न पुगेको छ । कार्यकर्ता भर्तिका लागि करारका कर्मचारीको म्याद थप नगरेर माओवादीले गाउँपालिकालाई नै कर्मचारीबिहीन बनाएको हो ।

स्वास्थ्य, कृषि, प्रधानमन्त्री रोजगार र शिक्षामा कार्यरत कर्मचारीको म्याद थप नभएपछि ती शाखाबाट अब काम नै सम्पदान नहुने अवस्था भएको छ । यसअघि गाउँपालिकाले असार मसान्तमा करार सकिएका कर्मचारीको म्याद असोज मसान्तसम्मका लागि जम्म तीन महिना थप गरेको थियो । त्यो तीन महिना यही असोजसँगै सकिएको छ ।

निर्वाचन आचारसंहिताका कारण नयाँ कर्मचारी भर्ना गर्न समेत नमिल्ने र कर्मचारीको नियुक्तिको निर्णय गर्न निमल्ने भएपछि गाउँपालिका कर्मचारीबिहीन बन्न पुगेको छ । यद्यपी सेवा प्रभाव नै ठप्प हुने अवस्था सिर्जना भए पनि पालिकाको नेतृत्व चुपचाप बसेको छ ।

गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले पार्टीको निर्देशन भन्दै यसअघि तीन महिनामात्र कर्मचारीको म्याद थप गरेको र अहिले उनले समयमै कर्मचारीको करार सेवा नविकरणको निर्णय नगरेको एक कर्मचारीले दैनिकीलाई जानकारी दिए ।

गाउँपालिकाले दिने सबै सेवा प्रभावति हुने ती कर्मचारीले बताए । उनले कार्तिक १ गतेबाट स्वास्थ्य सेवा ठप्प नै हुने बताए ।  आचारसंहिता नलाग्दै कर्मचारीले अध्यक्ष थापालाई म्याद थपका लागि सुझाव दिँदा समेत उनले वेवास्ता गरेको ती कर्मचारीले बताए ।  थापा नेकपा माओवादी केन्द्रका नेता समेत हुन ।

यसअघि नेपाली कांग्रेसका नेता योविन्द्र तामाङ अध्यक्ष भएको समयमा कर्मचारीहरूको भर्ना गरिएको थियो । उनी नेपाली कांग्रेसका नेता हुन । गत स्थानीय निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि एमालेमा पुगेर चुनाव लडेका उनी शुक्रबारमात्र पुनः औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका छन। अहिले कांग्रेस र माओवादीको चुनावी गठबन्धन रहेको भए पनि गाउँपालिकाको काममा भने माओवादीले एकलौटी गर्दै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार २२:२३