२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कमल थापा गाउँपसे, हात जोडेर माग्दैछन सूर्य चिन्हमा भोट (फोटोफिचर)

२८ असोज, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्हमा मत माग्दै गाउँपसेका छन । निर्वाचान आचारसंहिता लाग्ने भएपछि चुनावचिन्ह र झण्डा नबोकीकनै उनी हात जोडेर सूर्य चिन्हमा मत मागिरहेका छन । निर्वाचन आयोगले मतदानको १७ दिनअघिमात्र प्रचार गर्न दिने भनेकाले थापाले आचारसंहिता पालना गर्दै मत मागेका हुन । थापा मकवानपुर १ बाट एमालेको सूर्य चिन्हमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागी भएका छन ।

प्रकाशित मिति : 17:29