रामकुमारी झाँक्रीको आवेग की छटपटी ?
२७ असोज, गुल्मी । सोमबार नेपाली कांग्रेस पार्टी कार्यालयमा एकीकृत समाजवादीकी नेतृ तथा गठबन्धनकी उमेद्वार रामकुमारी झाँक्रीले गुल्मीको विकास लाजमर्दो भनेर टिप्पणी गरिन् । यो टिप्पणी उनले गठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा गरेकी हुन् ।
आफुसहितका दुई चार जना समाजवादी कार्यकर्तासहित कांग्रेस पार्टी कार्यालय पुगेकी झाँक्री आफैमा लाजमर्दो देखिएकी थिइन । उनले पत्रकारका अगाडी आफ्ना चुनावी एजेण्डा प्रस्तुत खोजेकी थिइन् । तर, पछिल्लो समय मन्त्री भएका बेला पारेका केहि थान विकास योजना बाहेक बोल्ने खास कुरा आएन । बरु अहिलेसम्म गरिएका विकासलाई राजनैतिक प्रतिशोध बनाउन थालिन । उनले आफु अहिले बर्षातमा गाडी नचलेर हिडेको, पुल नभएको, बिद्युत नभएको लगायतका कुरा उक्काएर भावना जोडिन । तर, बिगत भुसुक्कै बिर्सिन ।
राजनीतिको केन्द्रीय भूमिकामा रहेर गुल्मीबाट समानुपातिक सांसद भएपछि जिल्लाको विकासमा कहाँ थिइन झाँक्री । जब गुल्मीको दजाकोटमा आगोले सखाप बन्यो, लिम्घा र लुम्पेकमा पहिरोले दर्जन बढि मरे सयौ परिवार बिस्थापित भए । उनकै निर्वाचन क्षेत्र हस्तिचौर, दोहली, मुसीकोट र सिर्सेनीमा पहिरोले जनताले ज्यान गुमाउँदा तथा घरबार बिहिन हुँदा झाँक्री नेपालमै त हुनुहुन्थ्यो नी सायद । मान्छेले मान्छेलाई छुन नसकिने मृत्युको त्यो कहाली लाग्दो त्रासदी बोकेर जब कोभिड आयो ।
अरु नेताहरु त औसधी र पिपिई र अक्सिजन बोकेर जिल्ला आए त तपाईं कहाँ हुनुहुन्थ्यो ? जब कोभिडका तपाईकै गाउँका बोम सरबाट मृत्युको सिलसिला चल्यो । त्यो बेला दर्जनौ मान्छेले ज्यान गुमाए, खाने खर्च नभएर तपाईंको घर वरिपरि तपाईंका माइती कैयौ दिन भोकभोकै थिए त तपाईं के गर्दै हुनुहुन्थ्यो झाँक्री ज्यू ? झाँक्रीसंग आफ्नै पार्टीका नेता संगै हिडने सायद औलामा गन्ने पनि छैनन् । उनी कांग्रेस र माओवादीकै बलमा आवेकमा बोल्ने गरेकी छन् ।
गठबन्धनको कारण टिकट पाएपछि चाहेर वा नचाहेर पनि कांग्रेस र माओवादीले झाक्रीलाई अगाडी सारेका छन् । झाँक्री अन्तत एमालेकै हुन भन्नेमा कांग्रेस माओवादीका नेता ढुक्क छन् । तर, अहिले सवै परिस्थीतिले घेरिएका छन् । त्यसैमा पनि उनको पैसाले अरु उमेद्वार निर्वाचन लड्ने, केहिले अर्थोपार्जन गर्ने योजना बनाएको गठबन्धनभित्रकै केहि नेताहरुले बताउँदै आएका छन् ।
मदनभण्डारी राजमार्गको पुलको फण्डा बेच्दै
दशैमा अधिक बर्षा भएपछि मदनभण्डारीका केहि खण्डमा पुल नभएका कारण नागरिकले पाएको सास्तीलाई राम कुमारी झाँक्रीसहितका गठबन्धनका नेताले चुनावी फण्डा बनाएका छन् । त्यो राजमार्गको महत्व, योजना प्रक्रिया र अहिलेको अवस्थाको बारेमा सवै नेता जानकार छन् । तर, चुनावमा जनताको बिचमा व्यक्त गर्ने अरु कुनै काम र बिचार नभएपछि पुलको फण्डा र फोटा बेच्न उनीहरुलाई सजिलो भएको छ । गठबन्धनको केन्द्रदेखि प्रदेश र स्थानीय सरकार थियो त । झाँक्री त सांसद र मन्त्री भइन त । इस्मा गाउँपालिका प्रमुख आफै गाडी कुदाँएर तम्घास र पालिका गर्छन त । भगत खड्का ज्यू तपाईको गाडी उड्छ की गुड्छ ? भुईको टिप्दा खोजीको फुत्किएला बिचार गर्नुस । मालिका गाउँपालिका प्रमुख देविराम अर्याल ज्यू स्कारपियो डुब्दैन की मन दुख्दैन तपाईको । त्यहि बाटो गाडीमा हुँइकिएर गाउँ पुगेपछि जनताको बिचमा लाजमर्दो विकास भन्न घिन नलागेको की नैतिकता हराएको तपाईहरुको ।
के हो बास्तविक समस्या
कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हो । मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडकखण्डको हुलाके, धनार्जी, घमिर र अर्जे खोलामा पुल निर्माण गर्नुपर्नेछ । जसका लागि टेण्डर भएर निर्माण व्यावसायीले सम्झौता गरेका पनि थुप्रै समय भए । तर, समयमै काम नगर्ने निर्माण व्यावसायी र लाचार सरकारका कारण नागरिकले सास्ती र नेताले गालीको सामना गर्नुपर्ने अवस्था रहेको छ ।
हुलाके खोला पुल
हुलाके खोलामा पुल निर्माणको लागि ०७८ साल पुसमा सवा ६ करोड बजेटको इष्टिमेट तयार । ०७९ चैत ३ गते पुलको टेण्डर भएर ०७९ जेठ २७ गते सुनिल समिर निर्माण सेवाले पाँच करोड ७९ लाख ५३ हजार तीन सय ३५ मा निर्माण सम्झौता गरेको ।
धनार्जी खोला पुल
०७८ फागुन ८ गते धनार्जी खोलामा पुल निर्माणको लागि सात करोड ३७ लाख बढिको स्टिमेट तयार भएको । ०७९ चैत ३ गते पुलको टेण्डर भएर ०७९ जेठ २७ गते सुनिल समिर निर्माण सेवालेनै सात करोड ४८ हजार नौ सय ९३ मा निर्माण सम्झौता गरेको ।
घमिर खोला पुल
घमिर खोला पुलको पनि ०७८ मंसिर नौ गते डिजाइन इष्टिमेट तयार गरिएको । चार करोड २९ लाखको घमिर खोलाको ०७८ मंसिर १२ गते टेण्डर भएर ०७८ माघ २ गते पन्थ निर्माण सेवाले तीन करोड १३ लाख ८४ हजार दुई सय ३४ रुपैयाँ रुपैयाँमा निर्माण सम्झौता गरेको ।
फुलबारी खोला पुल
फुलबारी खोला पुल ०७८ मंसिर नौ गते डिजाइन इष्टिमेट । ०७८ मंसिर १२ गते टेण्डर भएर ०७८ माघ २ गते पन्थ निर्माण सेवाले तीन करोड ३२ लाख ६८ हजार छ सय ३६ रुपैयाँ रुपैयाँमा निर्माण सम्झौता गरेको ।
गौरवको आयोजना मदनभण्डारी राजमार्ग कालोपत्रे भयो । क्रमैसंगै छल्दी पनाहबाट पुल निर्माण सुरु भएका छन् । यी चार पुलको पनि करिव दुई बर्षदेखि प्रक्रिया अगाडी बढेको छ । विकास योजना छिनभरमै कार्यान्वयन हुँदैनन् । माटो परिक्षण, लागत स्टिमेट, टेण्डर, सम्झौताको बिषयकै लागि केहि बर्ष बित्ने नेपाली विकास प्रणाली रहेको छ । यहाँ त सम्झौता भएको लामो समयसम्म निर्माण व्यावसायीले काम नर्गदा कारबाही गर्न नसक्ने सरकार लाजमर्दो की विकास ।
यो बेथितीको अन्त्य गर्न झाँक्रीले दबाद दिनुपथ्र्यो । उनको सभाहल, बजार पिच र सहरी विकासका योजना देख्दा अरुलाई वाहा ! लाग्छ होला सायद । द्धन्दको १० बर्ष तम्घास सिमलटारीको सडक स्तरउन्नतीको केहि पनि काम भएन् । ०७२ सालमा सडक कालोपत्रेको काम भयो । जसका कारण बजारसंग गाउँ नजिक भए । यो सडकले प्युठान र गुल्मी मात्रै नभएर स्थानीय पालिकाहरुलाई समेत जोडेको छ । सयौले सडक छेउमा पसल थापेर समृद्धिको सपना बुनेका छन् ।
घरको साग र बोका वुटवल पठाएका छन् । गाउँ र शहरको दुरी राजमार्गले छोटो बनाएको छ । सिमलटारी–मच्छी खण्डको ३१ किलोमिटर कालोपत्रेका लागि दुई अर्ब ४२ करोडको टेण्डर भएको छ । झाँक्री ज्यू, ११ बर्ष केहि महिना मात्रै सांसद र छोटो समय मन्त्री भएका गोकर्ण बिष्टको विकास देखेर लाज मान्नुपर्दैन । मन्त्री र सांसद भएर विकास र समृद्धिमा सहजीकरण गर्न नपाएकोमा पछुतो मानेर आत्मसमिक्षा गरेर स्वच्छ चुनावी प्रतिस्प्रर्धा गर्नुपर्छ ।
प्रकाशित मिति : 09:06









