३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

साउथ अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली चेली रेनुका लामाको उम्मेदवारी


२७ असोज, एडिलेड । यहि अक्टोवर १४ बाट हुने साउथ अष्ट्रेलियाको स्थानिय म्यारियन काउन्सिलको काउन्सिलर पदमा नेपाली मुलकी रेनुका लामा उम्मेदवार बनेकी छिन् । पोखरा कास्की जन्म थलो भएकी एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक समेत रहेकी लामा साउथ अष्ट्रेलियामा पहिलो नेपाली मुलकी उम्मेदवार हुन् ।

लामा म्यारिएन काउन्सिल अन्तरगतको वरिपरिङगा वार्डबाट काउन्सिलर पदमा उम्मेदवार बनेकी छिन् । म्यारिन काउन्सिल ६ वडाबाट २-२ जना काउन्सिलर र एक जना मेयर गरि १३ जनाको नगरको कार्यकारिणी रहेको छ । स्थानिय विकास निर्माण संग प्रत्यक्ष जोडिएको काउन्सिलमा नेपाली समुदायबाट उपस्थिती हुदा समग्र राज्यमै नेपाली समुदायले काउन्सिलहरुबाट पाउने सेवा सुविधा वारे जानकारी पाउने लामा विश्वास रहेको छ ।

उनले बहुसांस्कृतिक राष्ट्र अष्ट्रेलियामा काउन्सिल मार्फत विभिन्न भाषा भाषीको विकास र संरक्षणका लागि सहयोग उपलब्ध गराउदै आएको र त्यसको प्रक्रिया वारेमा जानकारी नहुदा नेपाली समुदायले पाउनु पर्ने सविधाबाट समेत बन्चित हुनु परेको अवस्थामा आफु निर्वाचित भए पछि आफ्नो वार्डका नेपाली सहित सबै समुदायको सेवा गर्ने र यहाको अनुभव अन्य वडामा रहेको नेपाली समुदायमा शेयर गर्ने उनको भनाई रहेको छ ।

लामाले उदाहरण दिदै भनिन मल्टिकल्चर साउथ अष्ट्रेलियामा नेपाली समाजिक अभियन्ता एनआरएनए अष्ट्रेलियाकी संयोजक मञ्जु खड्काले प्रतिनिधित्व गरे पछि समुदायले सरकारबाट हुने सहयोग तथा गतिविधी बारे धेरै जानकारी पाएको र लाभान्वित समेत भएकाले आफ्नो विजयले नेपाली समुदायलाई सहयोग हुने र वारिपारिङगा वाडमा रहेका सबै जनसमुदायलाई प्रत्यक्ष नै सहयोग हुने एवं समग्र साउथ अष्ट्रेलियाको नेपाली समुदायका लागि धेरै कोणबाट सहयोगी हुने बताइन ।

लामाले नेपाली समुदाय निकै बढे पनि निति निर्माणको तहमा सहभागी हुन अवस्था ल्याउन पनि स्थानिय तहबाट शुरु गरेको बताउदै धेरै नेपाली अगुवाहरुलाई आगामी स्थानिय तहमा जान उत्प्रेरणा होस भन्ने चाहेको समेत बताईन । उनले हाम्रो पुस्ताले यस्ता निकायहरुमा काम गरेर यहा हुर्कियको नया पुस्ताका लागि संसद देखी सरकार सम्मै पुग्ने यात्राका लागि गोरेटोहरु निर्माण गर्ने समेत आफ्नो उद्देश्य रहेको बताइन ।

वडाको सम्वन्धमा उनले मतदाता विच जादा विगतमा समुदाय संग काउन्सीलबाट कम छलफल भएको हो कि भन्ने अनुभुती भएकाले आफु निर्वाचित भएमा मतदाताहरु संग बढि भन्दा बढि छलफल र अन्तरक्रिया गर्दै पार्क तथा समुदायिक भवनहरु निर्माण तथा व्यवस्थापन गर्ने बताइन । उनले काउन्सिलको बिकासको साथमा पर्यावरण, सामाजिक सुरक्षा लगायतको क्षेत्रमा काम गर्ने समेत बताइन ।

लामाको उम्मेदवारी प्रति एडिलेडको नेपाली समुदायमा समेत उत्साह देखिएको छ । यसै वाडका मतदाता समेत रहेका एनआरएनए ओशियानाका पुर्व सह संयोजक तथा साउथ अष्ट्रेलियाका पुर्व संयोजक नविन कडेलले नेपाली समुदायको हितका लागि यस्ता निकायहरुमा नेपालीहरु पुग्न जरुरी भएकाले समुदायले एकमना एकताका साथ सहयोग गरिरहेको तथा आगामी दिनमा पनि लामा मात्र हैन सबैलाई समुदायबाट सहयोग हुने बताउदै त्यसका लागि अगाडी आउन समेत आग्रह गरेका छन् । उनले यस पटक लामाको तयारी निर्वाचन भन्दा केहि महिना अगाडि गर्न पाएको भए अझ ढुक्क हुने अवस्था आउने उनको बिश्वास रहेको समेत बताए ।

अर्का मतदाता तथा ओएनएफ साउथ अष्ट्रेलियाका अध्यक्ष युवराज पहाडीले निर्वाचनले नेपाल र नेपालीहरुलाई बहुसांस्कृतिक समुदायमा परिचित गर्न पाउने मौका पनि भएकाले वडा भन्दा बाहिरको नेपाली समुदायका अगुवाहरु समेत प्रचार प्रसारमा खटिएको बताए । अर्की नेपाली मतदाता निलम महतले लामाको उम्मेदवारी पहिलो पाईला भएकाले आगामी दिनमा साउथ अष्ट्रेलियाको राजनितिमा नेपालीहरु लेवर, लिब्रल, ग्रिनका सदस्य हुने मात्र हैन उम्मेदवार समेत बनेर विभिन्न निकायमा पुग्नेमा विश्वस्थ रहेको बताइन ।

वरिपरिङगा वडामा म्यारिन काउन्सिल अन्तर्गतका सिकम हाईट, स्टट, टन्सले, सवअर्व तथा क्लोभेली पार्क, म्यारियन, मिचल पार्क,बेडफट पार्क सवअर्वका केहि भाग पर्छन् । जसका १४ हजार ५०० मतदाता रहेको छन् । खास गरि अष्ट्रेलियामा काउन्सिल निर्वाचनहरुमा मतदान गर्नु अनिवार्य नभएकाले कम मत खस्ने गरेको छ । यसवडामा गत काउन्सिल निर्वाचनमा २५०० मात्र मत खसेकाले पनि केहि मेहनत गर्दा विजय हुनसक्ने लामाका सहयोगीहरुको विश्वास रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार ०७:१६