२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादीका नेताहरूले सामूहिक राजिनामा दिने

२६ असोज, नुवाकोट । नेकपा एकीकृत समाजवादी नुवाकोट र नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै नेताहरूले सामूहिक राजिनामा दिनेभएका छन । नेकपा एकीकृत समाजवादीका नेता बसन्त बस्नेतले सामाजिक सञ्जाल मार्फत पार्टी केन्द्रीय कार्यालयमा बिहीबार जम्मा हुन सूचना जारी गरेका छन ।

नुवाकोटका समाजवादी सम्बन्धित नेताहरू भोलि अपरान्ह  ४ बजे पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा जम्मा भएर पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सामूहिक राजिनामा बुझाउने तयारी भएको नेता बस्नेतले जानकारी दिए । नेकपामाओवादी केन्द्रले नुवाकोटमा केन्द्रीय सहमतिमा समाजवादीले पाएको नुवाकोट २ को प्रदेशसभा (क) मा आफ्नो उम्मेदवारी कायम गराएर गठबनधन तोडेपछि समाजवादी चिढिएको छ ।

प्रकाशित मिति : 18:51