२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बहादुरसिंह, गीता र रामप्रसादलाई बागी उम्मेदवारी फिर्ता लिन देउवा र प्रचण्डको अल्टिमेटम

२५ असोज, नुवाकोट । चार दलीय गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएका हुन ।

गठबन्धनको अल्टिमेटमसँगै नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा माओवादी र कांग्रेसले दिएको र प्रदेशसभा (ख)मा कांग्रेसले दिएको उम्मेदवारी फिर्ता लिनुपर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवासमा भएको चार दलका अध्यक्षहरूको बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएका हुन ।

संयुक्त विज्ञप्तिमा  भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’ उनीहरूले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिने सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने चेतावनी दिएका छन ।

गठबन्धनको बाहिर सार्वजनिक भएको केन्द्रीय सहमति अनुसार नुवाकोट २ मा कांग्रेस र सोही क्षेत्रको प्रदेशसभा (क)मा नेकपा एकीकृत समाजवादी र प्रदेशसभा (ख)मा माओवादीका लागि भाग परेको थियो । तर कांग्रेस र माओवादीका जिल्लाका उम्मेदवार नेताहरूले सल्लाह गरेर नै समाजवादीलाई आउट गर्न दुबै क्षेत्रमा बागी उम्मेदवारी दिएका छन ।

उनीहरूको उम्मेदवारी कानुनी रूपमा बागी नभए पनि गठबन्धनको मान्यता र निर्णय अनुसार भने बागी नै भएको छ । दुबै प्रदेशमा शेरबहादुर देउवाले हस्ताक्षर गरेको टिकटमा कांग्रेसका बहादुरसिंह लामा र गीता अमात्यले उम्मेदवारी दर्ता गरेका छन भने माओवादीका प्रचण्डको हस्ताक्षरमा रामप्रसाद ढुंगानाले उम्मेदवारी दर्ता गरेका छन । यति गठबन्धनका नेताहरूले सहमतिको पालना र मंगलबारको विज्ञप्ति कार्यान्वयन गरेर बागी उम्मेदवारी फिर्ता नभए उनीहरूको पार्टीको पद जाने पनि उनीहरूको विज्ञप्तिमा बताइएको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटको क्षेत्र नम्बर २ मा पाँच दलीय सत्ता गठबन्धनमा भाँडभैलो भएको छ । नेपाली कांग्रेस र माओवादीको लडाइँमा नेकपा एकीकृत समाजवादी च्यापिएको छ । केन्द्रीय स्तरमा भएको सहमतिको तोड्दै नेपाली कांग्रेसले प्रदेशसभामा पनि उम्मेदवारी दिएपछि माओवादीले पनि दुबैतर्फ उम्मेदवारी दिएको छ ।

नेपाली कांग्रेसले केन्द्रीय सहमति अनुसार क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा मात्र उम्मेदवारी पाएको थियो । तर केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिए । केन्द्रीय सहमतिमा माओवादीको भागमा परेको प्रदेशमा कांग्रेसले उम्मेदवारी दिएपछि माओवादीले सो प्रदेश र समाजवादीको भागमा परेको प्रदेशसभा ‘क’मा उम्मेदवारी दियो । त्यसपछि समाजवादीले पनि उम्मेदवारी त दियो तर उसले गठबन्धनको साथ पाउने सम्भावना ज्यादै न्यून रहेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा २०७४ देखि अब चुनावमा भोट माग्न आउँदिन भनेका घोषणा गरेका अर्जुननरसिंह केसीलाई उम्मेदवार बनायो आइतबार उनैले उम्मेदवारी दर्ता गरे । प्रदेशसभा ‘क’मा गीता अमात्य र ‘ख’मा बहादुरसिंह लामालाई उम्मेदवार बनायो उनीहरू दुबैले उम्मेदवारी दर्ता गरे ।

कांग्रेसले आफ्नो भाग खोसेपछि माओवादीले समाजवादीको भाग खोस्न च्याखेँ थाप्यो । उसले गठबन्धनको केन्द्रीय सहमति अुनसार प्रदेशसभा ‘ख’मा मात्र उम्मेदवारी दिनुपर्नेमा प्रदेशसभा ‘क’मा पनि उम्मेदवारी दियो । माओवादीले ‘क’मा रामप्रसाद ढुंगाना र ‘ख’मा राममाया बोगटीको नामममा उम्मेदवारी दिएको छ । त्यस्तै गठबन्धको केन्द्रमा भाग पाए अनुसार समाजवादीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीले पनि प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका छन ।

माओवादी र कांग्रेसको बीचमा सहमति बन्न नसकेमा लोहनीले गठबन्धनको उम्मेदवार बन्न पाउने सम्भावना ज्यादै न्यून देखिएको छ । कांग्रेसले खोस्न खोजेको माओवादीको सिट उसले छाडे गठबन्धन टिक्ने अवस्था पनि छ । अन्यथा उसले आफ्नो एक सिट जसरी पनि चाहिन्छ भन्नेमा पुग्यो भने कांग्रेस र माओवादीको बीचमा माओवादीलाई ‘क’ र कांग्रेसलाई ‘ख’ दिने सहमति भयोभने समाजवादी टुहुरो हुने अवस्था छ । उम्मेदवारी दर्ता र दलका नेताहरूको प्रस्तुती हेर्दा नुवाकोट २ मा अब केन्द्रीय सहमति पालना हुने सम्भावना छैन । हुनत बागमती प्रदेशभरी नै धादिङबाहेका जिल्लामा समाजवादीको भागहरू खोसिएका छन ।

एमालेले प्रतिनिधिसभामा उम्मेदवार बनाएका नारायणप्रसाद खतिवडा, प्रदेशसभा ‘क’मा उम्मेदवार बनाएका केशवराज पाण्डे र ‘ख’मा उम्मेदवार बनाएका विजय सिंह लोप्चन । क्षेत्र नम्बर २ मा नेकपा एमालेले भने प्रतिनिधिसभामा नारायणप्रसाद खतिवडा, प्रदेशसभा ‘क’मा केशवराज पाण्डे र ‘ख’मा विजय सिंह लोप्चनलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सहमति अनुसार सत्ता गठबन्धको उम्मेदवारी कायम भएको अवस्थामा एमालेका लागि सहज देखिएको चुनाव गठबन्धनको भाँडभैलोका करण थप सहज भएको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : 18:23