१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

गठबन्धनविरुद्धको बागी उम्मेदवारी फिर्ता लिन देउवा, प्रचण्ड, नेपाल र केसीको अल्टिमेटम

२५ असोज, काठमाडौं । चार दलीय सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएका हुन ।

संयुक्त विज्ञप्तिमा  भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’ उनीहरूले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिने सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : October 11, 2022 at 6:01 pm