१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

पहिरोले घर पुरिँदा ४ जना बालबालिकाकाे मृत्यु, ५ घाइते


२५ असाेज, काठमाडाैं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन ।

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । स्थानीय शाहीका अनुसार घाइते ५ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १६:४५