केपी ओलीलाई भीम रावलकाे प्रश्नः सन्दिग्ध र हरियो सर्प माथि चढाउन जिम्मेवार को ?
२५ असाेज, काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को हो ? भनेर अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । नेता रावलले मंगलबार ट्वीट गर्दै प्रभु साहको विद्रोहबारे ‘निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपी ओलीको भनाई सुनेको’ भन्दै त्यस्ता व्यक्तिलाई माथि चढाउने को हो र किन त्यस्तालाई हुर्काईदैछ त्यसको जवाफ दिन ओलीसँग माग गरेका हुन् ।
रावलले ट्वीट गर्दै लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
प्रकाशित मिति : October 11, 2022 at 4:08 pm









