२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

‘जस्ता काण्ड र २१ वर्ष मन्त्रीको पिए हुँदाका घुसखोरी काण्डले त्यो भाइले अहिले नै हारिसक्यो’

२५ असोज, नुवाकोट । चुनावमा नेताहरू एक अर्काबीचमा चर्कोरूपमा आरोपप्रत्यारोपमा उत्रिन्छन । यसलाई जनताले सूसुचित हुने अवसरका रूपमा सदुपयोग पनि गर्छन । नुवाकोटका राजनीतिक दलका नेताहरू प्राय चोखो छैनन् तै पनि एकले अर्कोलाई चर्को स्वरमा गाली गर्ने परम्परमा भने धानेकै छन ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं एमालेका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बद्री मैनालीले उम्मेदवारी दर्तापछिको कोणसभामामै विपक्षीमाथि कडा प्रहार गरेका छन । नेपाली कांग्रेस नुवाकोटका सभापति समेत रहेका रमेश महत माथि  मैनाली खनिए ।

मैनालीले महतले यसअघि नै आफूसँग हारिसकेको बताउँदै यस पटकको चुनावले उनले २१ वर्षसम्म मन्त्रीको पिए हुँदा गरेका कर्मकाण्ड र घुसखोरीले चुनाव हारिसकेको घोषणा गरे । महतको भन्दा दोब्बर बढी मत ल्याएर मैनाली नुवाकोट १ को प्रदेश (ख)मा विजयी भएका थिए । सोही क्षेत्रमा फेरि उम्मेदवार बनेका महतबारे मैनालीले भने, ‘उतापटीको एक जना रमेश महत भाइ हो कि दाइ हो रु त्यो भाइलाई चाहिँ मैले आधा मतले हराएर पठाएको । जस्ता काण्ड, २१ वर्ष मन्त्रीको पिए हुँदाको घुसखोरी काण्ड र उनको कर्मकाण्डले गर्दा त्यो भाइ त अहिले नै हारिसक्यो ।’

सो क्रममा उनले बागमती प्रदेशको पूर्वउपसभामुख समेत रहेकी तामाङ माथि पनि प्रहार गरे । उनले सम्बोधनका क्रममा भने ‘उतापटिको हाम्रो एक जना बहिनी छिन जो पद र प्रतिष्ठाको लागि मान्छे मार्न पनि पछाडी नपर्ने त्यसलाई नुवाकोटका जनताले विश्वास गर्दैनन् ।’ सयौँ समर्थको बीचमा उभिएर उत्साहित हुँदै सम्बोधन गरेका मैनालीले हितबहादुर तामाङ २०७४ सालमा आफ्नै सहयोगमा चुनाव जित्न सफल भएको दाबी गरे ।

नुवाकोट १ मा सत्ता गठबन्धनका तर्फबाट तामाङ प्रतिनिधिसभाको उम्मेदवार रहेका छन । त्यस्तै राधिका प्रदेश (क)मा सत्ता गठबन्धनको उम्मेदवार छिन भने एमालेबाट सोही क्षेत्रमा सुशील खड्का उम्मेदवार रहेका छन । त्यस्तै प्रदेशसभा (ख)मा सत्ता गठबन्नबाट रमेश महत र एमालेबाट पूर्णलाल  श्रेष्ठ उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : October 11, 2022 at 9:05 am