राधिका तामाङ पदका लागि मान्छे मार्न तयार हुन्छिन्ः अध्यक्ष मैनाली (भिडियो)
२५ असोज, नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले विपक्षी पार्टीको उम्मेदवार राधिका तामाङ माथि गम्भीर आरोप लाएका छन । नेकपा एमालेका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मैनालीले उम्मेदवारी दर्तापछि कोणसभामा सम्बोधन गर्दै बागमती प्रदेशको पूर्वउपसभामुख समेत रहेकी तामाङ माथि गम्भीर आरोप लगाएका हुन ।
उनले सम्बोधनका क्रममा भने ‘उतापटिको हाम्रो एक जना बहिनी छिन जो पद र प्रतिष्ठाको लागि मान्छे मार्न पनि पछाडी नपर्ने त्यसलाई नुवाकोटका जनताले विश्वास गर्दैनन् ।’ सयौँ समर्थको बीचमा उभिएर उत्साहित हुँदै सम्बोधन गरेका मैनालीले हितबहादुर तामाङ २०७४ सालमा आफ्नै सहयोगमा चुनाव जित्न सफल भएको दाबी गरे ।
नुवाकोट १ मा सत्ता गठबन्धनका तर्फबाट तामाङ प्रतिनिधिसभाको उम्मेदवार रहेका छन । त्यस्तै राधिका प्रदेश (क)मा सत्ता गठबन्धनको उम्मेदवार छिन भने एमालेबाट सोही क्षेत्रमा सुशील खड्का उम्मेदवार रहेका छन । त्यस्तै प्रदेशसभा (ख)मा सत्ता गठबन्नबाट रमेश महत र एमालेबाट पूर्णलाल श्रेष्ठ उम्मेदवार रहेका छन ।
प्रकाशित मिति : 08:46









