२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एमालेले टिकट नदिएपछि करिष्माले भनिन्, बिद्रोहको महसुस हुँदै छ

२५ असोज, काठमाडौँ । नेकपा एमालेकी नेतृ करिष्मा मानन्धरले बिद्रोहको संकेत गरेकी छिन । पार्टी प्रवेश अघि संसदीय मोर्चामा कहीकतै जिम्मेवारी दिने आश्वासन दिएको भए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबै तर्फ उम्मेदवार हुने अवसर नपाएपछि करिष्माले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गर्दै बिद्रोहको संकेत दिएकी हुन ।

उनले बिद्रोहको स्वभाव आफूमा नभए पनि भगवानले सबै कुरा पुर्याइदिएको बताउँदै तर आजका दिनमा महसुस भएको बताइन । उनले बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भएको भन्दै एमाले त्यागेर स्वतन्त्र बन्नसक्ने संकेत समेत गरेकी छिन ।

करिष्माको अभिव्यक्तिले उनलाई एमाले प्रवेश गराउनु अघि केही आश्वासन दिएको बुझ्न सकिन्छ । स्थानीय चुनावअघि एमाले प्रवेश गरेकी करिष्माले केही सभामा केपी शर्मा ओलीसँगै मञ्चमा उभिएर एमालेको पक्षमा भाषण गरेकी थिइन ।

कलाकारितामा स्थापित करिष्माले नयाँ शक्तिबाट राजनीति सुरू गरेकी थिइन । सो पार्टीमा लागेपछि पढाइको महत्व छ भन्दै उनले आफ्नो अधुरो शिक्षालाई अघि बढाउँदै उच्च शिक्षाको बाटोमा लागेकी थिइन ।

प्रकाशित मिति : 06:35