६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

कर्णालीको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित


२४ असोज, बर्दिया । लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताउनुभयो ।

नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १४:१७