सिन्धुपाल्चोकमा वारेशनामाबाट फरार अभियुक्तको उम्मेदवारी दर्ता
२३ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’मा प्रहरीको फरार सूचीमा रहेका डिबी लामाले वारेशनामा मार्फत उम्मेदवारी दर्ता गरेका छन । एमालेका तर्फबाट उम्मेदवार रहेका उनले कानुनव्यवसायी शशी आचार्य मार्फत उम्मेदवारी दर्ता गराएका हुन । अाफैँ उपस्थित हुँदा प्रहरीले पक्राउ गर्न सक्ने भए भएपछि उनले वारेशनामा मार्फत उम्मेदवारी दर्ता गराएको एमाले स्रोतले बताएको छ ।
लामाविरूद्ध इलाका प्रहरी कार्यालय बाह्रबिसेले ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । रोजिन बस्नेतसहित ६ जनाको किटानी जाहेरीमा जेठ २ गते उनीविरूद्ध मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति : October 9, 2022 at 6:18 pm









