एमाले सचिव योगेश भट्टराईले प्रतिनिधिसभाका लागि ताप्लेजुङबाट दर्ता गरे उम्मेदवारी
२३ असोज, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाका लागि ताप्लेजुङबाट उम्मेदवारी दर्ता गरेका छन । उम्मेदवारी दर्तासँगै उनले मतदाताका नाममा अपिल समेत गरेका छन । उनले भनेका छन, ‘ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध गर्दछु । देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आबश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दछु ।’
ताप्लेजुङको प्रदेश क मा नेकपा एमालेका नेता तिलकुमार मेन्याङबो र प्रदेश ख मा नेकपा एमालेका नेता गोपाल थोप्राले मनोनयन पत्र दर्ता गरेका छन ।
प्रकाशित मिति : 18:07







