२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोट १ मा एमालेका तीनै नेताले दाैरा सुरूवालमा सजिएर गरे उम्मेदवारी दर्ता (फोटोफिचर)

२३ असोज, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा जिल्ला अध्यक्ष बद्री मैनालीले उम्मेदवारी दर्ता गराएका छन । खरानीटारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष मैनालीले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।

त्यस्तै प्रदेशसभा क मा जिल्ला कमिटी सदस्य सुशील खड्काले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै प्रदेशसभा ख मा प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराउन जाँदा एमालेका तीनै जना उम्मेदवार दाैरा, सुरूवाल र टोपीमा सजिएका थिए । उनीहरूले बाजागाजासहित ठूलो जुलुश लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यस्तै नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट बागमती प्रदेश कमिटीका सदस्य नारायणप्रसाद खतिवडाले उम्मेदवारी दर्ता गराएका छन । केहीबेरअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खतिवडाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन ।

त्यस्तै एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेशसभाको क मा उम्मेदवारी दर्ता गराएका छन । प्रदेशसभाको ख मा बागमती प्रदेश कमिटीका सदस्य विजयसिंह लोप्चनले उम्मेदवारी दर्ता गरेका छन । एमाले पार्टी कार्यालयबाट जुलुशसहित निस्किएर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन ।

प्रकाशित मिति : 15:49