२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

जनार्दन ढकाल पछिहटेपछि रसुवामा एमालेबाट छोवाङ तेन्जेन तामाङको उम्मेदवारी

२३ असोज, रसुवा । जनार्दन ढकाल पछिहटेपछि रसुवामा नेकपा एमालेबाट छोवाङ तेन्जेन तामाङको उम्मेदवारी हुने भएको छ । प्रतिनिधिसभा तर्फ पार्टीले संविधानसभा सदस्य ढकाललाई उम्मेदवार हुन आग्रह गरे पनि उनले अस्वीकार गरेपछि छोवाङ तेन्जेन तामाङले टिकट पाएका छन ।

अघिल्लो चुनावमा एमालेभित्रै अन्तरघात भएर हारेका ढकाल फेरि अन्तरघातको शिकार बन्न चाहेको उनको सामाजिक सञ्जालमा टिप्पणीबाट प्रष्ट हुन्छ । उनले सर्पको उदाहरण दिँदै आफ्नोबारेमा बताएका थिए । एमालेले रसुवाको प्रदेशसभा क मा कुलप्रसाद भट्ट र प्रदेशसभा ख मा तेम्ब्रेल तेम्बा तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : 12:02