२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

छोरीलाई काठमाडाैँ ७ मा गठबन्धनको उम्मेदवार बनाएर बाबुराम प्रचण्डसँगै गोरखा जाँदै

२३ असोज, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई छोरी मानुषी भट्टराईलाई काठमाडौँ ७ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर आफू भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बोकेर गोरखा जान लागेका छन ।

विगतमा गोरखा २ मा आफू लड्दै आएको निर्वाचन क्षेत्र प्रचण्डका लागि छाडेर बाबुरामले काठमाडौँ ७ मा छोरीका लागि टिकट मिलाएका हुन । आज प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ताको दिन भएकाले बाबुराम प्रचण्डसँगै गोरखा जान लागेका हुन ।

प्रकाशित मिति : 10:25