११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एडिलेडमा महिला खेलकुद मेला हुँदै, खेल तालिका सार्वजनिक

२० असाेज, एडिलेड । एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा एडिलेडमा खेलकुद क्षेत्रमा महिलाहरुको सहभागीता बढाउने मुख्य उद्देश्यले खेलकुद मेला आयोजना हुने भएको छ |

मल्टीकल्चरल कम्युनिटी काउन्सिल साउथ अष्ट्रेलियाको सहयोगमा हुन लागेको खेलकुद मेलाले यहा रहेका महिलाहरुमा खेलकुद प्रति आकर्षण बढाउने एनआरएन नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक मञ्जु खड्काले बताइन ।
मेला अन्तर्गत पाचबटा खेलहरु खेलाईने भएको छ । जसमा फुटबल, टेनिस, क्रिकेट, व्याटम्यान्टीन र टेवल टेनिस रहेका छन् |

खेलकुद संयोजक एलिजा ढकालका अनुसार अक्टोवर महिना भरिमा एडिलेडका विभिन्न स्थानमा खेलहरु खेलाईने छ । ढकालका अनुसार फुटवल अक्टोवर ९ आइतबार पार्क १९, ग्रिन हिल रोडमा, टेनिस अक्टोवर १६ आइतवार पासाडिना टेनिस क्लवमा बिहान ९ देखी १२ बजे सम्म, क्रिकेट अक्टोवर १६ आइतवार पार्क २१ वेस्टमा दिनको २ बजेबाट, ब्याटम्यान्टिन अक्टोवर २२ शनिबार एडिलेड व्याटव्यान्टीन सेन्टर, टोरेन्सभेलमा बिहान ९ देखी १२ बजे सम्म, टेवल टेनिस अक्टोवर ३० मा फ्रेस चुलो रेस्टुरेन्टको हलमा विहान १० देखी दिनको ३ बजे सम्म खेल हुने भएको छ ।


नारी निकुञ्ज अष्ट्रेलिया संयोजक खड्काले खेलकुद क्षेत्रमा नेपालमा समेत इच्छा र क्षमता हुदा हुदै पनि महिलाहरु सहभागी हुन नसकेको अवस्था रहेको र प्रवासमा पनि नेपालमा खेलकुदमा उत्कृष्ट नतिजा ल्याएका महिला खेलाडीहरु विभिन्न परिवेशका कारण खेलकुदमा नआइरहेको सन्दर्भमा मेलाले ति सहित सबै महिलाहरुलाइ खेलकुद प्रतिको आकर्षणलाई बढाउने बताइन । उनले खेलकुदलाई हित हार पदक जित्ने विषय भन्दा व्यक्तिको स्वास्थ्य संग पनि जोडिएकाले इच्छा लागेको खेलहरुमा सहभागी हुन अनुरोध गरेकी छिन् ।

संयोजक खड्काले मेलाले टिम पुग्दैन खै कता जाने भन्नेर अलमलमा कोहि परेका छन् भने पनि ति महिलाहरुको साथी संगी संग भेटाउने थलो समेत बन्ने विश्वास व्यक्त गरिन ।

एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले पछिल्लो समय एडिलेडमा नेपाली समुदायको आकार ठुलो भए संगै खेलकुद क्षेत्रमा पनि धेरै प्रतियोगिताहरु हुन थालेको सन्दर्भमा महिलाहरुको खेल मेलाले नेपाली महिलाहरु सशक्तीकरण तथा विकासमा टेवा पुराउने विचार व्यक्त गर्दै महिलाहरुलाइ खेलमा सहभागी हुन र सहभागी नहुनु भएकाले खेलाडीहरुको हौसला बढाउन पनि कार्यक्रम स्थलमा उपस्थित हुन अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : October 6, 2022 at 10:39 am