२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भानुभक्त ढकालः जसले सुकुम्बासीलाई जग्गा बाँड्ने कानुन निर्माणको नेतृत्व गरे


१४ असोज, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानु भक्त ढकाल यतिबेला मोरङ क्षेत्र नम्बर ३ बाट दोस्रो पटक चुनावी मैदान होमिदैँ छन् । अघिल्लो निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित हुँदै गर्दा उनले सुकुम्बासीको समस्यालाई जोडदार रुपमा उठाएका थिए ।

मोरङ ३ का पथरी, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचा लगायतको क्षेत्रमा यो समस्या वर्षौ पुरानो थियो । त्यहाँको सुकुम्बासी समस्यालाई पहिलोपटक मोरङबाट निर्वाचन लड्दै गर्दा भानुभक्तले नजिकबाट बुझे । यस क्षेत्रको झुपडीझुपडीमा छिरेर सुकुम्बासीको जीवनलाई राम्ररी बुझेका ढकालका लागि उनीहरुलाई जग्गा दिलाउने एउटा ठुलो सपना बन्यो ।

संसदमा छिर्दा होस् या सिंहदरबारमा उनले हरेक पटक यो कुरालाई सम्झिरहे । उनी भनछन्, ‘मैले कहिले पनि यो विषयलाई बिर्सिन ।’ यहीबिचमा उनी कानुन मन्त्री बन्ने मौका समेत पाए । सोही मौकामा उनले भूमि ऐन ल्याउन महतवपूर्ण भूमिका खेले । र नेकपा एमालेको केपी ओली सरकार छदैँ संसोधित भूमि ऐन २०७६ आयो ।

जुन ऐनले सुकुम्बासीलाई जग्गा दिने विषयलाई स्पष्टरुपमा किटान गरेको छ । २०७६ साल माघ २८ गते प्रमाणित भएको संसोधित भूमि ऐनको दफा १८ को ५२ (ख) मा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने स्पष्ट व्यवस्था गरेको छ । यसले देशभरका सुकुम्बासीलाई जग्गा दिने वातावरण तयार भयो । यो अभियान सुरु भयो ।

नेकपा एमालेको सरकारले देवी ज्ञावलीको नेतृत्वमा देशैभर सुकुम्बासी समस्या समाधान आयोग बनायो र काम सुरु गर्यो । यसले जिल्लाजिल्लामा समस्या बुझेर लगत संकलन गर्यो र कानुनी प्रक्रिया पुरा गर्यो । यी सबै प्रक्रियामा एमालेका नेता र मन्त्रीको हैसियतले निरन्तररुपमा ढकाल लागिरहे ।

यसले सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्नै लाग्दा यो विघटन भयो । एमालेकै चर्को दबाबका बिच अर्को समिति बन्यो र काम सुरु भयो । मोरङमा मात्रै पनि पुर्जा वितरणको काम सुरु भएको छ । यसको जग बसाल्ने भानुभक्त ढकालनै हुन् । त्यतिखेर बनेको मोरङ समितिले सबै काम सुरु गरेकाले नै अहिले जग्गा वितरणको काम सुरु भएको छ । अब यो अभियान रोकिँदैन र मोरङ ३ मा झन चल्ने वाला छ । त्यतिबेला बनेको समितिले राम्रो काम गरेका कारणनै डिपी राई बेलबारी र मोहन तुम्बापो पथरीको मेयरमा निर्वाचित भए ।

ढकालको मेहनत गरेका कारणनै कानुन बन्ने र आयोग बन्ने वातावरण बनेको हो । त्यसैका कारण अहिले देशभरी लालपुर्जा बाडिँदै छ । त्यो मोरङमा पनि सुरुवात भएको छ । यसैका अभियानकर्ता पथरी र बेलबारीमा निर्वाचित हुँदै गर्दा त्यसको पहल गर्ने ढकाल अहिले त्यहाँ चुनाव उठ्दै छन् ।

पत्रकार दिनेश सुब्बा भन्छन्, ‘अहिले धेरै मानिसले कुरा नबुझी सुकुम्बासीको विषय उठाउन खोज्दैछन् । तर, मोरङ क्षेत्र नम्बर ३ मात्र होइन देशैभर सुकुम्बासीका लागि जग्गा दिन ढोका खोल्ने व्यक्ति भानुभक्त ढकाल हुन् ।’ सुकुम्बासीका लागि अब आउने कुनै पनि संसदले यत्तिको मेहनत नगर्ने उनीहरुको भनाइ छ ।

सम्पादकको अुनमतिमा पूर्वेली प्रेसबाट साभार । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १८:१६