३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

रेड राइनो एडिलेडको वातावरण जोगाउदै अर्थ संकलनको अभियानमा


१७ भदाै, एडिलेड । रेड राइनो क्रिकेट क्लब एडिलेडले सेप्टेम्बर ४, आइतबार `रेड राइनो रिसाइकल डे´ आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष हेम श्रेष्ठले कार्यक्रमको उद्देश्य वातावरण स्वच्छ राख्न र हरित सहर बनाउने सरकारको अभियानलाई साथ दिने रहेको बताए ।

उनले क्लब प्रतिनिधिले समुदायबाट रिसाइकल उत्पादनहरू सङ्कलन गरी रिसाइकल डिपोमा जम्मा गर्ने वताए । उनले यसको बिक्रीबाट जम्मा भएको रकम क्लवको कोष जम्मा गरिने बताए । क्लवले क्रिकेट सहित अन्य खेलहरुमा समेत नेपाली समुदायका सदस्यहरुलाई सहभागी गराउदै आएको छ भने समय समयमा समस्यामा परेका विद्यार्थीहरुलाई समेत सहयोग गर्दै पनि आएको छ ।

क्लबका अध्यक्ष श्रेष्ठले सबै समुदायका सदस्यहरूलाई कार्यक्रमलाई सहयोग गर्न सहभागी हुन अनुरोध गर्दै यो कार्यक्रम नियमित रुपमा गर्न क्लब प्रतिबद्ध समते व्यक्त गरे उनले एडिलेडवासी संग कुनै रिसाइक्लिंग वस्तुहरू छन् भने दाताको घरै संकलनका लागि आगामी आइतवार स्वयंसेवकहरु आउने भएकाले क्लवलाई खबर गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १३:०४