३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

ओएनएफ माल्टाको अध्यक्षमा सत्यनारायण झा


१५ भदाै माल्टा । प्रवासी नेपाली मञ्च(ओएनएफ) माल्टाको प्रथम अधिवेशनबाट अध्यक्षमा सत्य नारायण झा निर्वाचित भएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुखको प्रमुख आतिथ्यमा भएको अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि झाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा यमु राई, सचिव विरोजङ पाण्डे, सह-सचिव -दर्शन लिम्बु, सदस्यहरु -रोशन सिजापती, अम्बिका दुलाल, कमल पोखरेल, सुदिप रायमाझी, हटी पौडेल, निरज भुजेल, लक्षू गिरी, पदम खड्का, हटी बहादुर पौडेल, सपना श्रेष्ठ, शाारदा चौधरी, प्रज्वल आले मगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी रहेको २१ सदस्यीय राष्ट्रिय कमिटी निर्माण गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि डा.भट्टराईले नेपालको गठबन्धन सरकारले देशको अर्थतन्त्र मात्र नभएर वैदेशिक सम्वन्ध समेत तहसनहस पार्दै लगेको बताउदै प्रवासी नेपालीहरुलाई यसमा सचेत हुदै आगामी निर्वाचनमा नेपालमा मतदानमै उपस्थित भएर वा नभएर पनि देश भक्तशक्तिलाई जिताउन क्रियाशिल हुन अनुरोध गरेका थिए ।

यसैगरि अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले आगामी नेतृत्वलाई अझ नेपाल र माल्टामा रहेको नेपाली समुदायको हितमा क्रियाशिल हुन आग्रह गरेका थिए । कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याल लगायतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १२:२२