११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कास्की आदर्श सेवा समाज पोर्चुगलमा नयाँ नेतृत्व, अध्यक्षमा शक्ति भट्टराई

-भगवान गिरी

१० भाद्र, लिस्बन । पोर्चुगलको राजधानीमा लिस्बनमा “कास्केलीहरूको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वभिमान” मुल नाराका साथ चौँथो अधिबेशन नयाँ नेतृत्व चुन्दै सम्पन्न भएको छ । अधिबेशनले दुई बर्षको लागि शक्ति भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा विशाल आचार्य, शोभा पुरी गिरी , महासचिव सबिन पौडेल महासचिवमा सबिन पौडेल र उपमहासचिबमा इश्वर देबकोटा, सचिवमा सुरेश न्यौपाने, राजेन्द्र दियाली र नारायण थापा र कोषाध्यक्षमा जानुका आचार्य र सह कोषाध्यक्षमा बिन्दु गौतम चयन भएका छन ।

सदस्यमा सीता गुरुङ, ठाकुर गुरुङ, शोभा अधिकारी, कृष्ण गिरि, संगीता भण्डारी, मातृका परियार, रक गुरुङ र सुष्मा जलारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक मेघनाथ सुवेदी (दीपक) ले जानकारी दिएका छन ।

लिज्बनमा भएको चौथो अधिबेशन बाट कार्यसमिति चयन गर्न मेघनाथ सुवेदी (दीपक) को संयोजक सदस्यमा कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका अध्यक्ष सीता बराल, सचिव भगवान गिरी निर्वाचन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : August 26, 2022 at 10:04 am