२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

काभ्रेमा बम डिस्पोज गरेपछि सवारी साधन सुचारु


७ भदाै, काठमाडाैँ । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरे पछि सवारी साधान सुचारु भएको हो ।

खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा देखे पछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।

बम राख्नेको खोजी भईरहेको काभ्रे प्रहरीले जनाएको छ । सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।

काभ्रे प्रहरीले बन्दकर्ताले आजको बन्द सफल बनाउन सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार १०:०१