२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

बन्द सफल बनाउन कम्युनिस्ट पार्टीको झण्डासहितको प्रेसर कुकर बम


७ भदाै, कैलाली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द सफल बनाउन कम्युनिस्ट पार्टीको झण्डासहितको प्रेस कुकर बम राखेको छ । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०७:२६