११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

पण्डित दिनबन्धु पोखरेलले एडिलेडमा रियल स्टेट र होमलोन कम्पनीको उद्घाटन गर्ने

५ भदाै, एडिलेड । अष्ट्रेलिया भ्रमणमा रहेका पण्डित दिनबन्धु पोखरेलले नेपाली व्यवसायीहरुद्वारा शुरु गर्न लागिएको एनेक्स रियल स्टेट र फेवा होमलोनको यहि २७ अगष्टमा उद्घाटन गर्ने भएका छन् । कुशे औशी अर्थात बाबुको हेर्ने दिन हुने उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरेलले धर्म, संस्कृति, पुर्विय दर्शन लगायत विषयमा प्रवचन दिने कार्यक्रम रहेको जनाएको छ ।

नेपाली व्यवसायीहरु देवराज कडेल, सुर्य आचार्य, नविन कडेल र श्याम कृष्ण बोहोराको मुख्य साझेदारीमा संचालित रियल स्टेट र होमलोनको उद्धाटन स्थानिय एक्टीभ एल्डर्स हल, एस्कट पार्कमा हुने कार्यक्रम रहेको छ। भने कम्पनिको कार्यालय क्लोभेली पार्कमा रहेको छ ।

पछिल्लो समय एडिलेडमा नेपालीहरुको बसोबास बढे संगै नेपालीहरुले व्यापार व्यवसायलाई थप्दै लगेका छन् । यहि क्रममा एनेक्स रियल स्टेट शुरु हुन लागेको छ । पेस्ट कन्ट्रोल देखि विभिन्न व्यवसाय गर्दै आएका एनेक्सका निर्देशक सुर्य आचार्यले कम्पनिले घर जग्गा विक्री सहित भाडा लगाउने, लिने कार्यमा सेवाग्राहीहरुलाई सेवा दिने वताए ।

उनले आफ्नो कम्पनी अन्तर्गत नै पेस्ट कन्ट्रोल देखी मर्मत सम्भारको सेवा दिने व्यवसाय समेत भएकाले सेवाग्राहीलाई घर कुनै समस्या भएमा आफुहरुले नै संझौता बमोजिम यथाशक्य छिटो सेवा दिने बताए । उनले धेरै मात्रामा भाडामा रहेका व्यक्तिहरुले घरमा केहि समस्या भएको सुनासो कम्पनीलाई गर्ने र कम्पनिले मर्मत संभार गर्न विभिन्न व्यक्ति संग सम्पर्क गर्दा गर्दै समय खेर जाने समस्या रहेको सुन्नमा आएको तर आफ्नो कम्पनिबाट घर भाडामा लिने दिने व्यक्तिहरुलाई समस्या समाधानका लागि समयको बचत हुने बताए ।

आचार्यले घर विक्री गर्दा अथवा भाडामा लगाउदा यहाँ कानुनी जटिलता र प्रक्रिया नेपाली सन्दर्भ भन्दा फरक भएकाले आफुहरु सरल र सहज रुपमा जानकारी दिने भएकाले नेपालीहरुका लागि थप सहज हुने वताए । तर उनले आफुहरुले सबै समुदायलाई लक्षित गरेर व्यवसाय शुरु गरेको बताए ।

उनले साउथ अष्ट्रेलियामा घर जग्गाको मुल्य पछिल्लो केहि वर्षमा निकै बढ्दै गएको जानकारी दिदै हाल स्थायी बसोबासको अनुमति पनि सिड्नी मेलर्वन भन्दा सरल प्रक्रियाबाट दिएकाले नेपाली सहित अन्य समुदायको आगमन बढ्ने क्रम जारी रहेकाले यहा लगानी गर्दा प्रतिफल राम्रो पाइने विश्वास व्यक्त गरे । यसैगरि सेवा होमलोनका निर्देशक श्याम कृष्ण बोहराले घर जग्गा खरिदका लागि बैकिङ्ग कारोवारका लागि सेवा उपलब्ध गराउने बताए ।

प्रकाशित मिति : August 21, 2022 at 4:40 pm