११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ अष्ट्रेलियाको अधिवेशन अगष्ट २७ र २८ मा, यस्तो छ तयारी

३ भदाै, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाको पाचौ अधिवेशन अगष्ट २७ र २८ सिड्नीमा हुने भएको छ ।संविधान सभा सदस्य तथा नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले उद्घाटन गर्नु हुने अधिवेशनमा विशेष अतिथिको रुपमा न्यु साउथ वेल्स राज्यको प्रमुख विपक्षी दलका नेता कृष मिनको उपस्थिति रहने मञ्चका प्रवक्ता सन्तोष दहालले बताए ।

दहालले उद्घाटन समारोहमा अष्ट्रेलियका लागि नेपाली राजदुत कैलाश पोखरेल सहित भिक्टोरिया राज्यका नेपाली वाणिज्यदुत चन्द्र योन्जन, न्यु साउथ वेल्सका दिपक खड्का, साउथ अष्ट्रेलियाका दिपक धमला, छिमेकी राष्ट्र न्युजिल्याण्डका नेपाली वाणिज्यदुत आत्माराम खनाल र दिनेश खड्कालाई सहित अष्ट्रेलियामा क्रियाशिल जन सम्पर्क समिती, नेपाली जन प्रगतिशील मञ्च लगायतका संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको बताए ।

यसै गरि अधिवेशनमा मञ्चको अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ(बेलायत), सचिव रमेश पाण्डे , सदस्य तथा ओशियाना इन्चार्ज विनोद श्रेष्ठ, सल्लाहकार समिति अध्यक्ष संजय थापा(अमेरिका) लगायत मञ्चका अगुवाहरुको कार्यक्रममा उपस्थित हुने निश्चित भएको जनाइएको छ ।

अधिवेशनको पहिलो दिन उद्घाटन तथा बन्द सत्र संचालन हुने र दोस्रो दिन समापन तथा घोषणा सभा हुने जनाइएको छ । मञ्चका अध्यक्ष केशब जोशीले अधिवेशनले चौथो अधिवेशन देखि हाल सम्मको मञ्चको गतिबिधीको समिक्षा गर्दै आगामी दिनका लागि आवश्यक योजना निर्माण गर्नुका साथै दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने बताए ।

मञ्चका सचिव शिशिर नेपालले अधिवेशन सफताका लागि विभिन्न समितिहरु गठन गरिएको र तिनले कार्यहरु अगाडि बढाएको बताए । सचिव नेपालका अनुसार अध्यक्ष केशव जोशीको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, सन्तोष दहालको संयोजकत्वमा प्रचार प्रसार समिति, राम घिमिरेको संयोजकत्वमा आर्थिक समिति, कृष्ण सापकोटाको संयोजकत्वमा अतिथि सत्कार तथा आवास व्यवस्थापन समिति, दिपक पहाडीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, विशाल राना मगरको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, बालगोपाल उपाध्यायको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । सचिव नेपालले अष्ट्रेलियाका आठ वटै स्टेटबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिति हुने जनाए ।

प्रकाशित मिति : August 19, 2022 at 6:43 pm