११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ तास्मानियाले तीज कार्यक्रम आयोजना गर्दै, एक जनालाई तिलहरी उपहार

१ भदाै, तास्मानिया । हिन्दु नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा प्रबासी नेपाली मञ्च(ओएनएफ), तास्मानियाले होबार्टमा अगष्ट २५ मा तीज कार्यक्रम आयोजना गर्ने भएको छ । नारीको महान पर्वलाई फरक ढंगले गर्ने उद्देश्यले क्रुज पार्टी आयोजना गरिएको मञ्चका तास्मानिया अध्यक्ष मुगेन गौतमले बताए ।

उनले संभवत नेपाली कला संस्कृति र मौलिक झल्काउने गरी क्रुजमा तीज कार्यक्रम पहिलो पटक हुन लागेको बताए । गौतमले सहभागी मध्य एक जनालाई गोला प्रथाबाट एक तिलहरी प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा डिजे उज्जवल र डिजे बिक्कि सहित स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुति गर्ने जनाइएको छ । तास्मानियामा रक्तदान, अभिभावक बनभोज, मानसिक स्वास्थ्य सम्बन्धी तालिम, विभिन्न पर्व उत्सबमा वार्विक्यु लगायत नेपाली समुदायको हितमा विभिन्न कार्यक्रम गर्दै आएको ओएनएफले यस वर्षको तीजलाई नेपाली चेलीहरुलाई अविस्मरणीय बनाउन प्रयास गर्ने अध्यक्ष गौतमले बताए ।

प्रकाशित मिति : August 17, 2022 at 10:19 am