८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

चन्दा आतंक रोक्छौँ : प्रहरी प्रमुख रिजाल

३० साउन, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतंक रोक्ने प्रतिबद्धता जनाएका छन् । कानुन विपरितका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रुपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतंक बढेको गुनासाे छ ।’

रिजालले भने, ‘डर धम्की दिई आतंकित गरेर गरिने कानुन विपरित गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रुपमा उत्रन्छ ।’ नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै रिजालले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे ।

प्रकाशित मिति : August 15, 2022 at 5:55 pm