२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

राष्ट्रपति भण्डारीद्धारा नागरिकता विधेयक संसदमै फिर्ता (विज्ञप्तिसहित)

२९ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धित संशोधित विधेयक संसदमै फिर्ता गरेकी छिन । आइतबार राष्ट्रपति कार्यालयले विधेयक पुनर्विचारका लागि भन्दै संसदमै फिर्ता गरेको हो ।

राष्ट्रपति भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाएको जनाइएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर विधेक पठाएको १४ औं दिनमा राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : August 14, 2022 at 7:40 pm