प्रवासी नेपाली मञ्च यूकेको अधिवेशन सेप्टेम्बर ४ मा, राजन भट्टराईले सम्बाेधन गर्ने
२६ साउन, लन्डन। नेकपा एमालेको जनवर्गीय संगठन प्रवासी नेपाली मञ्च यूकेको सातौँ अधिवेशन सेप्टेम्बर ४ मा अल्डरसटमा हुने भएको छ । यस सातौँ अधिवेशनले मञ्चको नयाँ नेतृत्व चयन गर्नेछ ।
यस अधिवेशनमा, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख एवम् प्रवास इन्चार्ज डा राजन भट्टराई, प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको छ । त्यसका लागि उनि सेप्टेम्बर २ तारिख लन्डनमा उत्रिने कार्यक्रम रहेको छ ।
अधिवेशनअघि अहिले मञ्चका क्षेत्रीय समितिहरुको अधिवेशन चलिरहेको र यूकेभर रहेका मञ्चका ६ क्षेत्रीय कमिटीमध्ये तीन वटाको अधिवेशन सम्पन्न भइसकेको मञ्चका संगठन विभाग र प्रचार प्रसार विभाग प्रमुखसमेत रहेका वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुषालले बताए ।
तेसै गरि, मञ्चका महासचिव सुरेशजंग शाहले अधिवेशनमा जम्मा तीन सय १३ सदस्यहरु प्रतिनिधिका रुपमा सहभागी हुने टुंगो लागेको जानकारी दिदै, अधिवेशन सम्पन्न गर्न मञ्चले विभिन्न तयारीका कार्य अघि बढाएको बताए।
जसअनुसार मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । र मञ्चको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सुरेन्द्र थपलियासंगै उपाध्यक्षहरु तुंगभद्र भुषाल र सरस्वती केसीले रहर गरेका छन ।
प्रकाशित मिति : August 11, 2022 at 11:11 pm








