२० मंसिर २०८१, बिहीबार | Thu Dec 5 2024

बलात्कार न्यूनीकरणको एउटा विकल्पः याैन कार्यका लागि क्षेत्र तोक

–ध्रुव लम्साल
पछिल्लो समय ‘बलात्कार’ शब्द मिडियामा सबैभन्दा धेरै प्रयोग हुने शब्द बनेको छ । केही साता भयो, आमालाई बलात्कार गर्नेलाई जन्मकैद, मामा नाता पर्नेद्वारा बलात्कारपछि हत्या, किशोरी बलात्कार गर्ने अझै पक्राउ परेनन्, ८ महिने गर्भवती महिलामाथि सामुहिक बलात्कार… यस्तैयस्तै समाचारले मिडियामा महत्वपूर्ण स्थान ओगटिरहेको छ ।

हरेक दिनजसो आउने बलात्कारसँग सम्बन्धित समाचार पढ्दा लाग्छ ‘अब हरेक छोरीहरूले प्रत्येक पुरुषलाई शंकाको दृष्टिले हेर्नुपर्ने त हैन ? समाजमा बलात्कारका घटना किन बढ्यो हरेककको आ–आफ्नै तर्क छ । गृहमन्त्री भन्छन्, ‘अश्लिल भिडियो र मदिराले बलात्कारजन्य घटना बढायो । अधिकारवादी महिला भन्छन् ‘बलात्कारीलाई कार्वाही थोरै भयो ।’ विद्यार्थीको आफ्नै तर्क छ, शिक्षकको आफ्नै खाले तर्क होला । सारमा बलात्कारका घटना बढेकोमा चिन्तित हुँदैछ सिंगो समाज । छोरीका बाबुआमा र आफन्त सबैभन्दा धेरै चिन्तित छन् यतिबेला ।

अहिले बलात्कार बढेको हो या बलात्कृत महिला वा तिनका आफन्तले बलात्कारीविरुद्ध उजुरी गर्ने हिम्मत गरेकाले घटना सार्वजनिक भएको हो । यस विषयमा विस्तृत अध्ययन भएको छैन । बलात्कारमा परेका पीडितले उजुरी गर्ने हिम्मत गरुन् वा घटना बढ्यो जे भएपनि राम्रो संकेत होइन । कार्बाही बढाएर, चेतनाको स्तरवृद्धि गरेर वा अन्य कुनै पनि विधिद्वारा बलात्कार निर्मूल गर्नैपर्छ । बलात्कारजस्तो जघन्य अपराध नियन्त्रण गर्नुपर्छ भन्नेमा कुनै शंका छैन । अरूको कुरा छोडौं, स्वयं बलात्कारमा संलग्नले पनि बलात्कारीलाई कार्वाही हुन हुन्न भन्ने हिम्मत गर्दैन ? महिला, बालबालिका, किशोरीहरू बलात्कृत भइरहने, प्रहरी कार्यालयमा उजुरी परिरहने, कतिपय घटनामा प्रहरीले पक्राउ गरेर कार्वाही पनि गरेको छ । तर, किन घटना घटेन त ?

ध्रुव लम्साल ।

बलात्कार एउटा क्रुर मानवीय हर्कत हो । एउटा चेलनशील व्यक्तिले बलात्कारजस्तो जघन्य अपराध गर्न सक्दैन । बलात्कारमा संलग्न व्यक्तिमध्ये कतिपय उच्च घरानिया होलान् त कतिपय शिक्षित । चाहे ती जुनसुकै वर्गका होऊन्, तिनलाई एउटा सचेत मानवको कोटीमा राख्न सकिँदैन ।

पछिल्लो समय बलात्कारका घटनाको ग्राफ हेर्दा लाग्छ, समाजमा अचेत मान्छेहरूको भीड क्रमशः बढिरहेका छन् । यस्ता अचेतहरूलाई कार्वाही गरेर मात्रै सुधार गर्न गा¥हो छ । यदि त्यस्तो हुँदो हो त सडकमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लागेपछि बलात्कारका घटना नहुनुपर्ने थियो ।

कुनै पनि मान्छेको अनुहार हेरेर ऊ सचेत छ वा अचेत छुट्याउन सकिँदैन । स्कुल पढाउने शिक्षक, मन्दिरमा पूजा गर्न बसेको पुजारी, बिरामीको उपचार गर्न बसेको डाक्टरसमेत कतिपय बलात्कारका घटनामा संलग्न भएकाले यो क्षेत्रका यो व्यक्ति चाहिँ सतचरित्रका छन् भनेर छुट्याउने अवस्था रहेन ।

रेडलाईट जोन छुट्याउनुपर्ने हो कि ?
बलात्कार जघन्य अपराध त हो नै । बलात्कार यौन चाहनासँग जोडिएको हुन्छ भन्ने पनि बिर्सन हुँदैन । जब कुनै पुरुष यौन चाहनाले मैमत्त हुन्छ, यौन सन्तुष्टिका थुपै विधिहरू अवलम्बन गर्छ । तर, पनि ऊ सन्तुष्ट हुन सक्दैन । बलात्कार यौनकुण्ठितहरूको अन्तिम विकल्प हो, कतैबाट पनि पूर्ण सन्तुष्टि नभएपछि मात्रै राक्षसी रूपमा बलात्कारजस्तो जघन्य अपराध गर्छ । त्यस्ता मैमत्त व्यक्तिका लागि एउटा उपाय हुनसक्छ, यौन समागमका लागि निश्चित स्टेशन ।

हाम्रो मुलुकमा औपचारिक रूपमा कुनै पनि संघसंस्थाले यौन कार्य गराएको पाइँदैन । मन लागेको बेलामा यौनकार्य गर्ने त्यस्ता कुनै स्टेशन पनि छैन । लुकिछिपी कतिपय होटल सञ्चालक वा कतिपय महिला पुरुषले गरे, गराए होला । अरूको कुरा छोडाैँ । वर्षौंदेखि प्रेममा परेकाहरूले सहमतिमै यौन सम्पर्क गर्न पनि हाम्रो कानुनले निषेध गरेको छ ।

समय र प्रविधिसँग समाजका विधि विधान पनि परिवर्तत गर्दै लानुपर्छ । मलाई लाग्छ, यौन कुण्ठितहरूकै चाहनालाई ध्यानमा राखेर ‘रेडलाईट एरिया’ खोल्नु अहिलेको समाजको आवश्यकता पनि हो । अस्पतालको गेटमा सुर्ती, चुरोट, गुट्खा बिक्री गर्न हुन्छ, मन्दिर छेउमा भट्टी सञ्चाल गर्ने हुन्छ भने यौनकुण्ठितहरू भएको ठाउँमा यौनकार्य स्टेशन खोल्न किन नहुने ? कतिपय विकसित र विकासोन्मुख मुलुकमा त वैधानिक यौनकार्य गर्ने स्थल छ भने नेपालमा पनि सरकारले यस विषयमा पहल गर्नुपर्छ ?

हाम्रै समाजमा आपसी लेनदेनमा लुकिछिपी यौनकार्य हुँदै आएको जगजाहेरै छ । जब प्रहरीले बेला बेलामा काठमाडौ, पोखरा, चितवनलगायत विभिन्न स्थानमा छापा मार्दै यौनकार्यमा संलग्न जोडीलाई पक्राउ ग¥यौं भन्दै महिला पुरुषलाई उभ्याएर तस्विर खिचाउँछन् भने यौन स्टेशनका लागि किन कन्ज्युस्याई गर्ने ।

अहिलेकै अवस्थामा लुकिछिपी लेनदेनमा यौनकार्य गर्नेहरूलाई त्यति सजिलो छैन । यौन स्टेशन नभएकै कारण आफूले चाहेकै अवस्थामा महिला एवं पुरुषले सहजै यौनकार्य गर्न पाउँदैनन् । यदि वैधानिक रूपमा रेडलाईट एरिया खोल्ने हो भने तिनका लागि सहज र सुरक्षित वातावरण उपलब्ध हुन हुन्छ । उन्मत्तहरूले निर्धक्क भएर यौनजन्य कार्यमा सहभागी हुन पाउँछन् । अब यस्ता स्टेशन काठमाडांै मात्रै हैन, सातै प्रदेशमा कम्तिमा एक एक वटा खोल्नुपर्छ ।

पछिल्लो समय बलात्कारका घटनाको ग्राफ हेर्दा लाग्छ, समाजमा अचेत मान्छेहरूको भीड क्रमशः बढिरहेका छन् । यस्ता अचेतहरूलाई कार्वाही गरेर मात्रै सुधार गर्न गा¥हो छ । यदि त्यस्तो हुँदो हो त सडकमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लागेपछि बलात्कारका घटना नहुनुपर्ने थियो

रेडलाईट एरिया मात्रै समाधान हैन
यसको अर्थ यो होइन कि रेडलाईट एरिया खोल्दैमा बलात्कारसँग सम्बन्धित घटना स्वतः घट्छ । बलात्कारको घटना नियन्त्रण गर्ने एउटा उपाय हुनसक्छ यस्ता स्टेशन । त्यसरी खोलिने क्षेत्रमा छुट्टै खालको समस्या होला । भारतका विभिन्न राज्यमा खुलेका कतिपय कोठीका कारण अहिले पनि हरेक वर्ष केही नेपाली चेलीहरू बेचिएका छन् । नेपालमा त्यस किसिमका कोठी सञ्चालन भएपछि थप विकृति आउँछ भन्नेहरू पनि होलान् । त्यसका लागि केही नियम बनाउनै पर्छ ।

सबैभन्दा पहिला सरकारले यो क्षेत्र यौनकार्य गर्ने छेत्र कुन हो भनेर छुट्याइदिनुपर्छ । राज्यले थप लगानी गर्नु पर्दैन । तिनै व्यक्तिहरूले व्यापार व्यवसाय सुरु गर्नेछन् । जो अहिले पनि विभिन्न सहरमा लुकीछिपी त्यस्ता कार्य गर्छन् । किनबेचमा लुकिछिपी गरिने यौन कार्यमा पनि बिचौलियाहरू प्रशस्त भएको गुनासो पटक–पटक आउने गरेको छ । तरकारीमा किसान र उपभोक्ता पीडित भएजस्तै यौन बजारमा पनि यौनकार्य गर्ने पुरुषले धेरै पैसा तिर्नुपर्ने यौनकार्यमा संलग्न महिलाले थोरै पैसा पाउने प्रवृत्ति रहेको गुनासो आउँछ ।

यदि राज्यले रेडलाईट एरिया तोकिदिने हो भने सेवा लिने र दिनेबिच निश्चित दर तोकिनुपर्छ र यौनकार्यमा संलग्नहरूलाई करको दायरामा ल्याउनुपर्छ । यौन व्यवसायमा संलग्नलाई पनि अनुभूति होस् ‘हामी राज्यलाई कर तिरेर वैधानिक काम गरिरहेका छौं ।’ एउटा खतरा के पनि हुनसक्छ भने कुवेत, बहराईन, ओमानलगायतका कतिपय मुलुकमा महिलाहरूलाई कामका लागि भन्दै यौनदासी बनाउने गरेका छन्, मानव तस्करहरूले ।

नेपालमै यौन कार्यका लागि वैधानिक स्टेशन खुलेपछि ती मानव तस्करहरूले युवतीहरूलाई विदेशको साटो नेपालकै यौन स्टेशनमा लगेर बुझाउने र कमिशन लिने गर्न सक्छन् । त्यसका लागि राज्यले विषेश नियम बनाउन जरुरी छ । जो स्वेच्छाले यौन व्यवसाय गर्न चाहन्छन् तिनलाई मात्रै पेशामा सहभागिता हुन दिनुपर्छ । त्यो पनि निश्चित उमेर पुगेकालाई मात्रै ।

यदि कसैले डिपार्टमेन्ट स्टोर स्टाईलमा धेरै युवती जम्मा गरेर बृहत रूपमा व्यवसाय सञ्चालन गर्न चाहन्छ भने अनुमति दिँदा केही फरक पर्दैन । यस्ता सञ्चालकले प्रत्येक युवतीसँग श्रम–सम्झौता गर्नुपर्छ । श्रम ऐनले दिनमा ७ घण्टा काम गर्ने भनेर तोकेजस्तै यौन व्यवसायमा संलग्न महिलाले कुन अवस्थामा कति जनासँग सम्पर्क गर्ने स्पष्ट उल्लेख गरिनुपर्छ । सञ्चालकले धाकधम्की वा अन्य प्रलोभन देखाएर अनाधिकृत कार्य गरेको पाइएमा जरिवानासहित कानुनी कार्वाहीको व्यवस्था गरिनुपर्छ ।

–राजधानी दैनिकबाट साभार 

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १०:५०