कांग्रेस सरकारको सिफारिसमा बलात्कारीका संरक्षक एसपी माझीलार्इ प्रबल जनसेवाश्री विभूषण
२० भदाै, काठमाडाैँ । बलात्कारीलाई संरक्षणा गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले प्रबल जनसेवाश्री विभूषण पाएका छन । राम्रो काम गरेका सयाैँ प्रहरी हुँदाहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले १४ वर्षीया बालिकालार्इ बलात्कार गर्नेलार्इ संरक्षण गर्ने माझीलार्इ विभुषणका लागि सिफारिस गरेको थियो ।
उक्त सिफारिसको अाधारमा माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए ।
गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षीया किशोरीलाई बलात्कार भएको घटना ढाकछोप गर्न खोजेको अाराेपमा उनलको ग्रेड समेत रोक्का भएको थियो ।
पछि उनलार्इ गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् ।
प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ०७:४९