जानाजानी ट्राफिक नियम मिच्नेलार्इ चक्लेट र खाजा
२० भदाै, काठमाडाैँ । ट्राफिक प्रहरीले चितवनमा जानाजानी ट्राफिक नियम मिच्ने सवारी चालकलार्इ चक्लेट र खाजा वितरण गरेर सतर्क गराएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छड्के जाँच गर्ने क्रममा यस्तो विधि अपनाएको हो ।
ट्राफिक नियम पालना नगर्ने चालकहरूलार्इ प्रहरीले चक्लेट र खाजा दिँदा गल्ती गर्नेहरू भने लाजले रातोपिरो भएका थिए । नियम उलंघन गर्नेलार्इ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमले खाजा दिएका थिए । ‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए । अाजक कान्तिपुरले समाचार लेखेको झ ।
प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ०७:१५