समाचार लेखेको र सेयर गरेकै अाधारमा पक्राउ परेका पत्रकारद्धय अाचार्य र कुँवर रिहा
१९ भदाै, काठमाडाैँ । समाचार लेखेको र फेसबुकमा सेयर गरेकै अाधारमा प्रहरीले मंगलबार दुर्इ जना पत्रकारलार्इ पक्राउ गरी छाडेको छ । महानगरिए प्रहरी अपराध महाशाखाको टोलीले न्युजकारोबारमा काम गर्ने नवराज कुँवर र अनलाइनखबरका रोयल अाचार्य डिपीलार्इ पक्राउ गरेको हो ।
उदयपुरस्थित बेलका नगरपालिकाका स्थानीयबासी अार्चाय र कुँवरले नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर समाचार लेख्ने र सेयर गरेको विषयमा उजुरी परेपछि पक्राउ गरेको जानकारी दिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द अाचार्यले पत्रकारको मुद्दा प्रेस काउन्सिलले हेर्ने भन्दै प्रहरीलार्इ अाग्रह गरेर उजुरी काउन्सिलमा पठाउन र पत्रकारलार्इ रिहा गर्न अाग्रह गरिएको बताए । उनीहरू पक्राउको केहीबेरमा छुटेको थिए ।
प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार २०:३७