काठमाडाैँको बाँसबारी माविमा शिक्षक नियुक्तीमा अनियमितता, अख्तियारमा पुग्यो उजुरी
१९ भदौ, काठमाडौँ । काठमाडौँको बाँसबारी माध्यामिक विद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता गरेको पाइएको छ । शिक्षक नियुक्तिको अनियमिततामा स्थानीय सरकारले संरक्षण दिएपछि पीडितहरु जिल्ला शिक्षा कार्यालय हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शरणमा पुगेका छन । प्रमाणसहित कारबाहीको माग गरिएको दैनिकीसँगको सम्पर्कमा आएका उजुरीकर्ताले बताएका छन ।
आयोगमा परेको उजुरी जस्ताको त्यस्तै
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाण्डौँ
विषयः बाँसबारी माध्यमिक विद्यालय, काठमाण्डौको उच्च मा.वि. तहको अनुदान कोटाअन्र्तगत शिक्षक नियुक्ति प्रक्रियामा लिखित परिक्षाको नतिजा प्रकाशन भएपश्चात अन्र्तवार्ता गर्नका लागि आठ महिनासम्म भएको ढिलासुस्ती अन्त्य गरिदिन र सँम्भावित थप चलखेल तथा अनियमितता रोक्न विशेष पहल गरिदिनुहुन बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा बाँसबारी माध्यमिक विद्यालय महाराजगञ्ज, काठमाण्डौको उच्च मा.वि. तहको अनुदान कोटा अन्र्तगत २ जना शिक्षक (नेपाली र अर्थशास्त्र विषय) को पदपूर्तिका लागि खुला विज्ञापन गरिएको थियोे । लिखित परिक्षा लिएर परिक्षाको नतिजासमेत प्रकाशन गरीएकोमा विद्यालयमा करार शिक्षकको रुपमा कार्यरत रहेका दुइजना शिक्षकसमेत उक्त लिखित परिक्षामा सामेल भएर असफल हुँदा अन्र्तवार्ता नै हुन नदिने गरी परिक्षामा सामेल करार शिक्षकले खेलेको गैरकानूनी खेल सफल हुँदै गइरहेको बुझिएको छ । शिक्षक पदपूर्ति समितिमा रहेका प्रधानाध्यापकको स्वच्क्ष तथा निष्पक्ष प्रकृया अनुसार पारदर्शी रुपमा परिक्षा सञ्चालन गरि योग्य शिक्षक नियुक्ति गर्ने १ वर्षसम्मको लामो अडानका कारण शिक्षक पदपूर्ति समितिमा रहेका नीज प्रधानाध्यापकलाई नै राजिनामा गर्न बाध्य पार्ने वातावरण सृजना गरि नयाँ प्रधानाध्यापकको नियुक्ति गर्नसमेत स्वार्थसमुह सफल भएको छ । नवनियुक्त प्र.अ. लाई दवाव दिएर पुनः लिखित परिक्षा सञ्चालन गराउने चलखेल गरी कुनै पनि मूल्यमा ति करारमा कार्यरत रहेका शिक्षकहरुले लिखित परिक्षा सञ्चालन गर्न गठन हुने नवनियुक्त प्र.अ. समेतको शिक्षक पदपूर्ति समितिलाई प्रलोभन तथा प्रभावमा पारि आफ्नो पकडमा नतिजा पार्न उद्दत रहेको कुरा जानकारीमा आएको र विद्यालय व्यवस्थापनले पनि स्थगन भएको अन्र्तवार्तालाई सूचारु गर्नुको सट्टामा पुनः परिक्षा गराउने तयारीमा सुरसार गनुले उक्त कार्य बदनियतपूर्ण कार्य देखिन आएको छ ।
उक्त पदपूर्ति प्रक्रियाका विषयवस्तुहरुका सम्बन्धमा निम्नानुसार सप्रमाण निवेदन गर्दै गैरकानूनी रुपमा रोकिएको उक्त अन्र्तवार्ता सूचारु गराइदिई सक्षम शिक्षकवाट पढ्न पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा लिखित परिक्षामा सफल उम्मेदवारको अन्र्तवार्तामा सामेल भई रोजगार पाउने समानताको हकलार्य स्थापित गर्ने ब्यवस्थाका लागि हार्दिक अनुरोध छ ।
१. बाँसबारी मा.वि, महाराजगञ्जले उच्च मा.वि. तहका लागि प्राप्त अनुदान कोटा अन्र्तगत २ जना शिक्षक (१ जना नेपाली र १ जना अर्थशास्त्र विषय) को खुला प्रतिस्पर्धावाट शिक्षक छनोटका लागि २०७४ साउन ४ गते विज्ञापन प्रकाशन भएको । २. दुवै विषयका विज्ञहरुसमेत सम्मिलित शिक्षक छनोट समितिवाट २०७४ साउन २२ गते लिखित परिक्षा सञ्चालन गरिएकोमा दुवै विषयका करिव १०–११, १०–११ जना प्रतिस्पर्धि सहभागी भएकोमा उक्त लिखित परिक्षामा विद्यालयमा करार शिक्षकको रुपमा कार्यरत रहेका नेपालीका १ र अर्थशास्त्र विषयका १ जना गरि २ जना कार्यरत शिक्षकको पनि सहभागिता ।
३. लिखित परिक्षाको उत्तर पुस्तिका विज्ञ समुहले परिक्षण गरेर शिक्षक छनोट समितिमा नतिजा बुझाएर नतिजा प्रकाशन गर्न लागेको अवस्थामा उक्त परिक्षामा समेल भएका करारमा कार्यरत २ जना शिक्षकले आफुहरु लिखित परिक्षामा असफल भएको नतिजा भित्रिरुपमा पत्ता लगाएर कार्यरत शिक्षक भएको नाताले शिक्षक छनोट समितिले उनीहरुलाई जसरी पनि छनोट गर्नुपर्ने जिकिर गरेका । प्रतिस्पर्धामा खरो उत्रिनु त कताहो कता सहकर्मी (स्टाफ) भएको नाताले तत्कालिन प्रधानाध्यापकलाई अनुनय विनय भावको अनैतिक दबाब दिएर लिखित परिक्षाको नतिजा प्रकाशनमा ढिलाई गर्न बाध्य पारेको कुरा चर्चामा आएको थियो । ढिलाई गरीएको मौकामा निजहरुले शिक्षक छनोट समितिका खासगरी विज्ञहरुको घरदैलो चाहारेर हारगुहार गरी आफुहरुलाई कुनै पनि मुल्यमा सफल उम्मेदवार बनाउन दबाब सृजना तथा प्रलोभन देखाइदा नैतिकवान विज्ञहरुले आफुहरुले थप केहि गर्न नसक्ने भन्ने जवाफ दिएको कुरा बाहिर आएको छ । ति करार शिक्षकको निरन्तरको बाधा, अवरोध तथा दवावले गर्दा दबाब थेग्न नसकेर शिक्षक छनोट समितिले लिखित परिक्षाको नतिजा प्रकाशनमा ४ महिना ढिलाई गरेको कुरा बुझिएको छ ।
४. विभिन्न अवरोधका बाबजुत शिक्षक छनोट समितिले ४ महिना पश्चात अर्थात २०७४ मंसिर २९ गते लिखित परिक्षाको नतिजा प्रकाशन गरेकोमा दुवै विषय तर्फ ४÷४ जना उम्मेदवार सफल भएको तर विद्यालयमा करारमा कार्यरत शिक्षकहरु सफल उम्मेदवारको सूचीमा पर्न त कता हो कता लिखित परिक्षा पास गर्नका लागि चाहिने न्यूनतम अंकसमेत ल्याउन नसकि फेल भएको तथ्य चर्चामा आएको थियो । त्यसरी असक्षम उम्मेदवारले पुनः अन्र्तवातालाई प्रभाव पार्न चलखेल गरेकोमा उनीहरु अहिलेसम्म प्रकृयालाई नै प्रभाव पार्न सफल देखिन्छन ।
५. अन्र्तवार्ताको सूचना प्रकाशन भएपछि लिखित परिक्षामा असफल भएका शिक्षकहरु क्रमशः रमेश सुवेदी र सूर्यप्रसाद पण्डीतले विभिन्न प्रयासका बाबजुत सफल उम्मेदवारको सूचिमा पर्न असफल भएपछि पुनः अन्र्तवार्ता हुन नदिनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रभाव पारी उक्साएर विद्यालयको पठन पाठन नै ठप्प पार्न प्रेरित गर्दै विद्यार्थिहरुमार्फत परिक्षामा असफल भए पनि शिक्षकहरुलाई हटाउन नपाइने भन्ने बेहोराको निवेदन दिन लगाइएको कुरा विद्यालय प्रशासनलाई पेश गरेको निवेदनबाट प्रष्ट हुन्छ ।
६. त्यसैगरी अन्र्तवार्ताको सूचना प्रकाशन भएपछि अन्र्तवार्तालाई स्थगन गर्नका लागि परिक्षामा आसफल कार्यरत करार शिक्षकहरुले तत्कालिन जिल्ला शिक्षा कार्यालय, काठमाण्डौँमा परिक्षामा अनियमितता भएको भनि उजुरी दिँदै अन्र्तवार्ता रोक्न तत्कालिन शिक्षा मन्त्री गोपालमान श्रेष्ठ मार्फत दवाव सृजना गरेकोमा जिल्ला शिक्षा कार्यालयले बाँसवारी माविलाई २०७४ साल पुस ७ गते अर्थात अन्र्तवाताको २ दिन अघि मात्र शिक्षक नियुक्ति प्रकृया स्थगन गर्ने बेहोराको पत्राचार गरेको कुरा जिल्ला शिक्षा अधिकारीले जारी गरेको पत्रबाट जानकारी हुन आएको छ । तत्कालिन शिक्षा मन्त्री श्रेष्ठका पिएहरुमार्फत आफुहरु काँग्रेस समर्थक भएकोले पार्टिगत कारणले नियोजित रुपमा फेल गराइएको भन्ने गुनासो मन्त्रिसमक्ष पेश गरेकोले तत्कालिन मन्त्रिले नियुक्त गरेका काँग्रेस समर्थक जिल्ला शिक्षा अधिकारी, प्रकाश सापकोटाले मन्त्रिको एउटा फोन कलको निर्देशनको भरमा विद्यालयका प्र.अ.लाई अन्र्तवार्ता स्थगन गर्न पदिय मर्यादा विपरित आफ्नै नाम तथा हस्ताक्षरमा पत्र लेखेको कुरा पनि थाहा हुन आएको छ ।
७. अन्र्तवार्तालाई स्थगन गर्ने थप प्रयासकै क्रममा लागि परिक्षामा आसफल कार्यरत करार शिक्षकहरुले काठमाण्डौ महानगरपालिकाको ४ नं. वार्ड कार्यालय, बालुवाटारमा परिक्षामा अनियमितता भएको भनि उजुरी दिँदै दवाव सृजना गरे पश्चात वडा कार्यालयले कार्यरतलाई नै निरन्तरता दिने प्राबधान भएकाले भन्ने गैरकानूनी भाषा प्रकृतिको पत्र लेखि बाँसवारी माविको विद्यालय ब्यवस्थापन समितिको वैठक बोलाउन २०७४ साल पुस ७ गते विद्यालयलाई पत्राचार गरेको कुरा प्रेषित पत्रबाट स्पष्ट हुन्छ ।
८. खुला विज्ञापनको लिखित परिक्षामा पाससमेत हुन नसकेका कार्यरत करार शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय र ४ नं. वडा कार्यालयमा हार गुहार गरी अन्त्यमा दुवै निकायबाट विद्यालयलाई परिक्ष स्थगन गर्ने निर्देशनको बेहोराको पत्र पठाउन लगाएकोमा शिक्षक पदपूर्ति समितिले दुवै निकायको पत्रको निर्देशन बमोजिम अन्र्तवार्ता स्थगन भएको सूचना २०७४ पुस ९ गते प्रकाशन गरी सफल उम्मेदवारको अन्र्तवार्ता स्थगन भएको छ । यसरी लिखित परिक्षामा असफल भएका कार्यरत करार शिक्षकहरु लिखित परिक्षामा सफल भएका उम्मेदवारहरुको अन्र्तवार्ता रोक्नमा आजसम्म सफल भएका छन ।
विद्यालयलाई उक्त शिक्षक कोटा धेरै अगाडि नै प्राप्त भएकोमा उक्त कार्यरत शिक्षकहरुले खुल्ला विज्ञापन गर्नका लागि पटक पटक अवरोध सृजना गरेकोमा विरोधका बाबजुत विद्यालय ब्यवस्थापनले जेनतेन प्रतिस्पर्धात्मक रुपमा शिक्षक छनोटका लागि विज्ञापन गर्न सफल भएकोमा अन्त्यमा उक्त परिक्षामा निजहरु पनि सम्मिलित भई लिखित परिक्षा दिएका र परिक्षामा असफल भए पश्चात अवैधानिक बखेडा निकालेर प्रकृयालाई नै अवरुद्ध गर्ने कार्य भैरहेको छ ।
असफल कार्यरत शिक्षकलाई नियुक्त गर्ने प्रकृयामा सहयोगी नभएकाले शिक्षकहरुको वैठकमा निवर्तमान प्रधानाध्यापकलाई अनेक आरोप प्रत्यारोप गर्ने वातावरण सृजना गरी अन्त्यमा राजिनामा गर्न बाध्य तुल्याएर नयाँ प्रधानाध्यापकको नियुक्ति गराउन सफल ति कार्यरत करार शिक्षकहरु कुनैपनि मूल्यमा विद्यालय प्रशासनलाई पुनः लिखित परिक्षा सञ्चालन गर्न लगाउने खेलमा रहेको र विद्यालय प्रशासनले पनि पुनः लिखित परिक्षा सञ्चालन गर्ने तयारीमा आवश्यक गृहकार्य गरिरहेको बेहोरा जानकारीमा आएको छ । त्यसरी नियमित र मर्यादित रुपमा सम्पन्न भएको लिखित परिक्षामा चलखेल गर्न असफल भएर परिक्षामा न्यूनतम अंकसमेत ल्याएर पाससमेत हुन नसकेका दुइजना शिक्षकहरुको अनैतिक आर्थिक प्रलोभन, प्रभाव, दवाव तथा अनियमित चलखेलमार्फत पुनः परिक्षाको देखावटी प्रकृयामार्फत निजहरुलाई सफल उम्मेद्दवार बनाउने तर्फ विद्यालय प्रशासन लागेको कुरा जानकारीमा आएकोले पुनः परिक्षा गराउने कुरा गैरकानूनीसमेत भएकाले उक्त अनुदानमा प्राप्त शिक्षक कोटाको आठ महिनादेखि अवरोध गरि ढिलासुस्ती गरीएको अन्र्तवाता सुचारु गर्ने ब्यवस्थाका लागि हार्दिक अनुरोध छ ।
त्यसैगरी नियमित र स्वच्छ रुपमा चलेको शिक्षक नियुक्ति प्रकृयालाई असफल प्रतिस्पर्धि हरुले अवैधानिक दवाव दिएर नियुक्ति प्रकृया नै रद्द हुने अवस्था सृजना गरि अवैधानीक किसीमले निजहरु नै स्वतः नियुक्त हुनु पर्ने जिकिरले विद्यालयमा सक्षम तथा प्रतिस्पर्धि शिक्षकवाट शिक्षा आर्जन गर्न पाउने विद्यार्थिहरुको अधिकारसमेत हनन् भएकाले उक्त अवस्थाको तत्काल अन्त्य गर्नका लागि विद्यालय प्रशासनलाई अथासक्य स्थगन गरिएको अन्र्तवाता सञ्चालन गर्ने ब्यवस्था गर्नका लागि आवश्यक निर्देशन दिनहुन हार्दिक अनुरोध छ ।
निवेदक
प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १८:१३