सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले धर्मको डोरी चुडाल्न पाइदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल
१४ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सो पार्टीका साथै सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोषको हालमा सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको ‘१० आँै राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’ मा आज उहाँले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक कार्यकर्ताको समेत जिम्मेवारीलाई भुल्न नहुने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरु एमाले पार्टीको कार्यकर्ता समेत रहदा कर्मचारीको जिम्मेवारीलाई पनि नबिर्सिनुहोस । एक व्यक्तिले दोहोरो भूमिक निर्वाह गर्दा धेरै कुराको ज्ञान आर्जन गर्न सक्नेछ ।” सो दोहोरो भूमिकामा रहेर कर्मचारीले हाल सार्वजनिक संस्थामा देखिएको भनिने सङ्कट समेत हटाउन जरुरी रहेको उहाँले जिकीर गर्नुभयो ।

कर्मचारीले पार्टीका साथै आफ्ना काममा समेत मध्यनजर गर्दा सङ्गठन मोर्नबाट जोगिने वरिष्ठ उपाध्यक्षको ठहर छ । २०७२ सालको महाभूकम्पमा ध्वस्त भएका २७ हजार मानिसका घर टहरा बनाउने काम नेकपा एमालेले गरेको दाबी गर्दै सो पार्टी विचारको आधारमा अघि बढ्ने भएकाले अझै शक्ति निर्माण गर्न चाहिरहेको उहाँको धारणा थियो ।
सो सङ्गठनले हिजोका नेतृत्वमा रहेको उपलब्धीका साथै कम्जोरीलाई समेत समिक्षा गरी कुसल नेतृत्व चयन गर्नुपर्ने पोखरेलले सुझाव दिनुभयो । सङ्गठनका सचिव रामशरण अधिकारीले मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन आफूहरुले सो संस्था गठन गरेको भनाइ राख्नुभयो ।
सङ्गठनका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कुलबहादुर आचार्यले आफूहरुसँग एमाले पार्टीको विचार रहेको सुनाउँदै सो माध्यमबाट ससक्त र प्रभावकारी रुपमा संस्थालाई अघि बढाइने दाबी गर्नुभयो ।
निजामति कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभाष शाहले मुलुकको अत्यावश्यक महत्वपूर्ण बस्तु शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्र निजीतर्फ आकर्षित भइरहेको बताउँदै सोबाट सार्वजनिकमा लालाहित हुने काम गर्नुपर्ने सुनाउनुभयो ।
पेशागत जिल्ला कमिटिका अध्यक्ष उमेश ढकालले सार्वजनिक संस्थालाई अबका दिनमा कसरी अघि बढाउने भन्नेतर्फ लाग्न जरुरी रहेको औँल्याउनुभयो ।

उपत्यका विशेष प्रदेश कमिटिका अध्यक्ष प्रेमकुमार पराजुलीले विगतमा पञ्चायतका साथै सो पछि टे«ड युनियन तथा सो पछि २०६२÷६३ सालको आन्दोलन हुँदै हाल लोकतन्त्रका निम्ती आफूहरुले लड्को धारणा व्यक्त गर्दै विगतमा गरिएको भूमिकलाई स्मरण गरी काम हुनुपर्ने र आजको पुस्तालाई सो सिकाउन समेत जरुरी रहेको मत व्यक्त गर्नुभयो ।
एमालेका केन्द्रीय सदस्य एवं पेशागत महासङ्घका राष्ट्रिय संयोजक बाबुराम थापाले सो सङ्गठनमा रहेका व्यक्तिले पार्टीका साथै आ–आफ्ना कामको जिम्मेवारी बुझ्दै अघि बढ्ने विश्वास लिएको भनाइ राख्नुभयो । महासङ्घका राष्ट्रिय सहसंयोजक दायाराम बस्यालले पेशागत हकहित तथा सुद्धिकरण गर्न आफ्नो सङ्गठन स्थापना भएको जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा मुलुकमा सार्वजनिक रुपमा स्थापना भएका ३१ घटक युनिएनका पदाधिकारीको उपस्थिती रहेको थियो । सो कार्यक्रममा जिम्मेवार व्यक्तिले आ–आफ्ना सङ्गठनलाई मजबुत बनाउँदै लगिने उद्घोष गर्नुभएको थियो ।
प्रकाशित मिति : July 30, 2022 at 9:13 pm









