४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मला हत्या प्रकरणः अनुसन्धानका लागि प्रहरीले गठन गर्यो ज्ञवालीको नेतृत्वमा ‘व्याकप टोली’

१८ भदाै, काठमाडाैँ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्ययसपछि भएको हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले छुट्टै समिति बनाएको छ ।

प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा अर्को टोली गठन गरेको हो । उक्त टिमले जिल्लामा अनुसन्धान गरिरहेको टिमलार्इ सहयोग गर्ने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् ।

टाेली कञ्चनपुर पुगेर काम थालिसकेको जनाइएको छ । यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । यस्तै घटनाको सुरुवाती चरणमा अनुसन्धान गर्न सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १९:५९