८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

जनार्दन शर्मामाथि छानबिन समितिकाे अन्तिम प्रतिवेदन तयार

१२ साउन, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरको छ ।सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका बिषय र सहमति जुट्न नसकेका बिषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केहि प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केहि बिषयमा सहमति जुटेको र नमिलेका बिषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सवैका आफ्ना–आफ्ना बिचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे ।

करका दर हेरफेरका बिषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको बिषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १९:३३