प्रहरीले पटक पटक अादेश उल्लंघन गरेपछि सर्वोच्च अदालतको गम्भीर चासो (अादेशसहित)
१८ भदौ, काठमाडौँ । नेपाल प्रहरीले नै पटक पटक अदालतको अादेश उल्लंघन गरेपछि सर्वोच्च अदालतले चासो दिएको छ । नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गर्दै सर्वोच्चले चासो व्यक्त गरेको हो ।
न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर चासो व्यक्त गरेको छ । यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ । यद्यपी प्रहरीले प्रकाण्डलार्इ पुन पक्राउ गरेर भोजपुर पठाउने तयारी गरको छ ।
पढ्नुहोस् अदालतको अादेश
प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १९:२३