६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

११ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । नतिजा सार्वजनिक गर्नु अघि आज दिउँसो २ बजेदेखि राष्ट्रिय परीक्षा बोर्डको बैठक परीक्षा नियन्त्रण कार्यालमा २ घण्टासम्म बसेको थियो ।

बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

नतिजा चार्टमा हेर्न सक्नहुन्छ ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १६:१५