२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा आरसी लामिछाने

११ साउन, काठमाडौँ । नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेले पाएका छन । अध्यक्ष सुनिता बरालले आफू केही दिन सिंगापुर जानुपर्ने भएकाले वरिष्ठ उपाध्यक्ष लामिछानेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन । उनी बुधबार सिंगापुर जाँदैछिन ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १५:५९