८ असार २०८३, सोमबार | Mon Jun 22 2026

धनगढी १२ का वडा अध्यक्ष समेत रहेका एमाले नेता महरा बैंकिङ कसुरको मुद्दामा पक्राउ

११ साउन, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष समेत रहेका नेकपा एमालेका नेता सेरबहादुर महरा बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन ।

महरा बुधबार बिहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वडा अध्यक्ष महरा १२ नम्बर वडाबाट पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार महरालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको छ । महराले कृष्णकुमार रानालाइ पैसा नभएको खाताको चेक दिएका थिए ।

प्रकाशित मिति : July 27, 2022 at 3:22 pm