प्रचण्ड जापान जाँदै
१० साउन, काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।
प्रचण्डका उनका स्वकीय सचिव रमेश मल्लका अनुसार साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको छ ।
अध्यक्षको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित भएको छैन स्वकीय सचिव मल्लले भने । अध्यक्ष प्रचण्डले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।
प्रकाशित मिति : July 26, 2022 at 1:42 pm









