२४ लाख ठगी मुद्दामा नुवाकोटका चन्द्रबहादुर बालाजुबाट पक्राउ
८ साउन, काठमाडौँ । २४ लाख ठगी मुद्दामा नुवाकोटका चन्द्रबहादुर सुनार बालाजुबाट पक्राउ परेका छन । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका सुनारले पैसा नभएको प्राइम कमर्सीयल वैंक लिमिटेडमा रहेको खाताबाट भुक्तानी गरेर ठगी गरेका थिए । उनलाई आइतबार महानगरीय प्रहरी बृत बालाजुले पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरोका एसपी श्यामकुमार महतोले जानकारी दिएका छन ।
ब्यूरोले विज्ञप्तिमा भनेको छ, ‘जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु बस्ने चन्द्र बहादुर सुनारले प्राइम कमर्सीयल वैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा फैसला गर्दै निजलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा १ (एक) दिन कैद र रु. २४,००,०००/- (चौबिस् लाख रुपैंया) जरिवाना हुने ठहर गरेकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निजलाई मिति २०७९/०४/०७ गते बालाजु, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०७९/०४/०८ गते सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यहोरा सूचित गरिन्छ ।’
प्रकाशित मिति : 22:10









