१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सात जिल्लाका एसपीको सरुवा, को कहाँ ?

८ साउन, काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सात जिल्लाका प्रहरी प्रमुखको काज सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । यस्तै रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।

यसैगरी, भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा भएका छन् । युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १८:१४