१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

६ साउन, महोत्तरी । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय राम बहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय रामनाथ दास रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा राम बहादुर दासको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १२:४३