२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

जागिर लगाइदिने बहानामा बलात्कारको प्रयास गर्ने लहानका उपमेयर महतोविरुद्ध उजुरी

६ साउन, सिरहा । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो बिरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र दर्ता भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ११:०४